सिमकोटमा स्वास्थ्य सेवाकाका लागि ‘ड्यासबोर्ड’ स्थापना

अर्जुन बोहरा

पुस १८, २०७९ सोमबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलो पटक स्वास्थ्य क्षेत्रका गतिविधी लाई बाहिर ल्याउनका लागि सड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा ल्याएको छ । वास्थ्य विभागले नेपाली भरि १७ वटा स्पास्थ्य शाँखा लाई स्वास्थ्य ड्यासबोर्ड संचालन जिम्मा दिएको छ । हुम्लामा पहिलो पटक सिमकोट गाउँपालिकाको स्वास्थ्य शाँखा लाई संचालनमा ल्याएको यसमा२ जना तालिमको समेत व्यवस्था गरेका थियो।
सिमकोट गाउँपालिकाको स्वास्थ्य शाँखाको आयोजित कार्याक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले ड्यासबोर्डको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष भण्डोरीले पहिलो पटक स्वाथ्य क्षेत्रको सबै गतिविधी हरेक दिन अपडेट गर्नको लागि ड्यासबोर्ड सञ्चालन ल्याएको बताए ।
सुशासन कायम गर्न र सबै सूचना सहज रूपमा उपलब्ध गराउन कोलागि स्वास्थ्य शाखाले डिजिटल ड्यासबोर्ड) संचालन गरेको स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताए । अब शाखाले सबै स्वास्थ्य क्षेत्रमा गर्ने दैनिक तथा वार्षिक कार्य विवरण बोर्डमार्फत आजबाट शुरु भएको बताए।
कसैलाई शाखाद्वारा भएका सूचना लिनुुपर्ने भएका बोर्डबाट लिन सकिने भएका कारण सहज पनि हुनेछ। बोर्डलाई चौबीसै घण्टा खुला राखिनेछ।
सिमकोट गाउँपालिकाका सबै वडामारहेका स्वास्थ्य चौकी लगायतका कामहरूलाई सर्बसाधरण जनतालाई तत्कालै थाहा होस् भन्ने अभिप्रायले यस्तो प्रविधिको प्रयोग गरिएको बताए । ड्यासबोर्डको प्रयोगबाट सबै स्वस्थ्य चौकी र शाँखा लाई चुस्त र जिम्मेवार बनाउन मद्दत पुग्ने जानकारी दिए ।
कार्यक्रममा उपाध्यक्ष सुशिला रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया र पत्रकार महाँसंघ हुम्लाका अध्यक्ष राजन रावत लगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस