मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई भागवण्डा गर्दे प्रदेश १ सरकार बनाउने तयारी

फिल्को मिसन

२४, पुस २०७९, आइतबार
विराटनगर । प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।
प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई भागवण्डा सत्ता गठबन्धन दलका नेताको सहमति गरेको छन । शनिबार बेलुका ४ बजे मुख्यमन्त्री दाबी गर्दे गन नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले बाँकी मन्त्री पदको लागि भागवण्डा टुंग्याउनको लागि छलफ जारीछ छ।
प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते ७ दिनको समय राखेर २ वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस