विपन्न परिवारको घर छाउँदै स्थानीय सरकार

अर्जुन बोहरा

पुसर २९, २०७९शुक्रबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाकले विपन्न परिवारको माटाको छाना विस्थापित गर्दै जस्तापात वितरण गरेको छ । उक्त गाउँपालिकाका वडानं १ देखि ८ वडा सम्म क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाउने कार्याक्रम रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) बताएका छन ।
पालिकाकोे पहलमा माटोको छाना भएको घरको अति बिपन्न घर परिवारको तथ्याङ्क सङ्कलन गरी सबै वडा कार्यालय क्षेत्रभित्र रहेका ७६ घरमा जस्तापाताले छाउने कार्यक्र रहेको छ बताए ।
पालिकाले अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा गरी ११ लाख बराबरको जस्तापात उपलब्ध गराई विपन्न परिवारलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । यस चाुल आर्थिक बर्षको १८ लाखा बजेट रहेको बताए ।
भण्डारीले भने, “माटाको छानाका विस्तावित गर्दा आगलागी जस्ता प्राकृतिक प्रकोपको जोखिम समेत हटने भएकोले यो कार्यक्रम गाउँपालिकाले निरन्तरता दिएको बताए ।”
सुरक्षित आवास कार्यक्रम अन्तर्गतको योजनामा समावेश गरिएको वडास्तरीय विपन्न परिवारलाई जस्तापाता वितरण कार्यक्रम रहेको सिमकोटपालिकाले जनाएको छ ।
सिमकोट गाउँपालिकाको वाडानं १को दोजाम, २को ठेहे, ३को बरगाउँ,४को बुरुराउँसे, ५को सिमको तल्लोका गाउँ, ६को माथिल्लो लगायतका ठाउँका विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिका उपाध्यक्ष शुशिला रोकायाले बताईन् ।
वर्षात्को समयमा घर चुहिएर पानी माथि नै रात कटाउनु पथ्र्याे अब गाउँपालिकाले दिएको जस्तापाताले छत छाउने भएकोले वर्षांको समस्याबाट मुक्त भएको सिमकोट गाउँपालिका–२निवासी चिन रावले बताए ।
उनी जस्तै सिमकोट–३ का रामजित कामीले पनि जस्तापाता पाउँदा आफ्नो समस्यामा थोरै भए पनि राहत मिलेको सुनाए । हिउँदमा भारि हिमपात हुने भएकोले घरमा क्षति हुने डरले यहाँका नागरिकको राहत बनेको छ ।
गाउँपालिका रहेका विपन्न नागरिकलाई जस्तापात वितरणको कार्यक्रम ल्याएसँगै यहाँका नागरिकलाई राहत मिलेको हो । गाउँपालिकाले गत वर्षदेखि जनता आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाका अतिविपन्न परिवारलाई जस्तापाता वितरण गर्दै आएको गाउँपालिकाले जनकारी दिएको छ । बाँकी सिमकोट ७ र ८ वडा लाई आउँदो फागुन महिनामा वितरण गरिने जनाएको छ ।
गाउँपालिकाकै सबै वडामा छनोट गरेका र वडा कार्यालयले सिफारिस गरेका अतिविपन्न ५७ परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जोखिममा रहेका अतिविपन्न नागरिकलाई राहत दिने उद्देश्यका साथ कार्यक्रम अगाडि ल्याइएको हो ।
बर्षायम, हिउँदको समयमा र सुख्खाग्रस्त क्षेत्रमा माटोको छत अति नै जोखिम हुने भएको गाउँपालिकाले अभियान अनुरुप कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता नन्द रावतले बताए । गाउँपालिकाले नागरिकहरूलाई निलो रंगको जस्तापाता वितरण गर्दै आएको छ ।
गाउँपालिकामा रहेका माटोको घर मुक्त बनाउने अभियान स्वरुप यो कार्यक्रम निरन्ताता अगाडि सारिएको बताए । यो कार्यक्रमले जोखिममा रहेका अतिविपन्न घरपरिवारलाई राहत मिल्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस