दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ५३जना नेपाली,१५जना विदेशी यात्रु

फिल्को मिसन

माघ १, २०७९ आइतबार
काठमाडौं । । पोखराको सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।
यति एयरलाइन्सको विमानमा ५३जना नेपाली,१५जना विदेशी र ३ जना बालबालिका रहको बताएको छ ।
नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।
यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नअघि दुर्घटना भएको थियो । विमानस्थललाई हाल बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस