कर्णाली प्रदेशको सभामुख बनिन् नन्दा गुरुङ

फिल्को मिसन

माघ १, २०७९ आइतबार
सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित भएकी छिन्। आइतबार भएको प्रदेश सभाको सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गरिन्।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।
उनलाई कांग्रेसको मात्रै मत प्राप्त भएको हो । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ४० सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले यो पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस