नवनियुक्त मन्त्रीहरूले लिए शपथ

फिल्को मिसन

माघ ३, २०७९
काठमाडौं । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, डा. विमला राई परराष्ट्र मन्त्रालय, पदम गिरी स्वास्थ्य मन्त्रालय, हरि उप्रेती रक्षा मन्त्रालय, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्री, शिशिर खनाल, शिक्षा, डिपी अर्याल, श्रम तथा रोजगारमन्त्री, राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, विक्रम पाण्डे, शहरी विकास र ध्रूव प्रधान कानुनमन्त्रीले शपथग्रहण गरेका हुन्।
राज्यमन्त्रीहरू दीपकबहादुर सिंह (उर्जा मन्त्रालय), सुशीला श्रीपाली (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) र डा. तोसिमा कार्की (स्वास्थ्य मन्त्रालय)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष शपथ लिएका छन्।
यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।
राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री त

प्रतिक्रिया दिनुहोस