बाजुरामा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प, दुई घर भत्किए

फिल्को मिसन

माघ १०,२०७९
सिमकोट । आज (मंगलबार) दिउँसो२बजेर४५ मिनेट बाजुराको मैला आसपासमा भूकम्पको गएको छ ।
भूकम्प मापन केन्द्रका राजेश शर्माका अनुसार बाजुर जिल्लाको मैला क्षेत्रमा २ बजेर ४५ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएकोे बताए । भूकम्प जाँदा बाजुराको बडिमालिका नगरपालिका–७मा एक घर भत्किएको डिएसपी सुर्य थापाले बताए ।

उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए । त्यसै गरि उक्तm बझाङ सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेकेो जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
भूकम्पको धक्का कर्णाली प्रदेश र सुधुरपश्चि प्रदेश र नेपालगन्ज लगायत भारतको दिल्ली सम्मा धक्काको महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस