ढाका बुनाई र सिलाई कटाई तालीम सुरु

अर्जुन बोहरा

माघ १२,२०७९ विहीबार
हुम्ला । हुम्लाको सिमकोटमा विहीबार देखि ढाका बुनाई र सिलाई कटाई तालीम सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित सरक्षण कार्यालयको आयोजनामा तालीम सञ्चालन गरेको हो ।
महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले तिन महिने ढाका बुनाई तथा शिलाई कटाई तालिम सञ्चालन थालेको छ। स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको उद्योग तथा उपभोक्ता हित सरक्षण कार्यालय हुम्लाका निमित कार्यालय प्रमुख अजयराज रेम्मीले बताउनु भयो ।
उक्त तालीममा २० जना ढाका र १० जना शिलाइ कटाई गरि जम्मा ३० जना महिलाहरु सहभागी भएका छन् । तालीम सञ्चालनका लागि उद्योग तथा उपभोक्ता हित सरक्षण कार्यालय सिमकोटले बार्षिक बजेट ८लाख भन्दा बढिको खर्च हुने भएको छ ।
विहीबार साहयक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले तालिमको उद्घाटन गर्दै महिलाहरु सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताए। सुबेदीले महिलाहरुको आयआर्जन वृद्धीका लागि सिपमुलक तालीम सञ्चालनमा ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सिमकोट गाउँपालिका कार्यावाहक निमित प्रमुख प्रशासकिय अधिकृत ममता महत, नेपाल पत्रका महासंघ हुम्लाका उपाध्यक्ष राज शाहीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
उद्योग तथा उपभोक्ता हित सरक्षण कार्यालय निमित प्रमुख अजय राज रेग्मीकोे अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।सहभागी सबैलाई ढाका बुनाई सम्बन्धी आवश्यक सामग्री बनाउन पुस्पा रेश्मी मगरले प्रशिक्षण दिइएकी छिन ।

प्रतिक्रिया दिनुहोस