कर्णाली नदीमा डोजर खस्यो : चालक सकुशल उद्धार

फिल्को मिसन

माघ १९, २०७९
हुम्ला । कर्णाली करिडोरस्थित हुम्लाको सर्केगार्ड गाउँपालिका– ५ को गिउसीमा सडकखण्डमा स्काई भेटर डोजर कर्णाली खसको छ ।
उक्त सडक खण्डमा पर्ने कर्णाली करिडोरको सडक किनारको डाइभर्सन निर्माणको क्रममा कर्णाली नदीमा स्काभेटरसहित खसेका चालकको सकुशल उद्धार गरिएको छ । सडक नदिको किनारमा निर्माण गर्ने क्रममा बा २ झ ७७८० नम्बरको स्काभेटर नदीमा खसेको थियो ।
स्काभेटर चालक मुुगुु जिल्ला छायाँनाथ रारा नगरपालिका–४ निवासी धर्म बढुवाललाई स्थानीय उद्धारकर्ताले जीवित उद्धार गरेका हुन् ।
कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा नदीमा स्काभेटर सहित खसेको चालक बढुवालाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको सर्केगाढ प्रहरी चौैकीका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले बताउनुुभयो । घटना भएको जानकारी पाउने बित्तिकै बिहीबार बेलुुका स्थानीय र प्रहरी घटनास्थल पुुगेर स्थानीय युवाले पौडी खेलेर चालकलाई उद्धार गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
कर्णाली नदीमा दश मिटरमाथि काम गर्ने क्रममा स्काभेटर फुत्किएर कर्णाली नदीमा खसेको हो ।
स्काभेटर खसेको नदीको भाग निक्कै गहिरो छ । उक्त स्काभेटर सडक निर्माण कम्पनीले उज्जल निर्माण सेवाबाट भाडामा लगेर निर्माण कार्यमा खटिएको थियो । निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेजबहादुुर महतले नदीमा खसेका चालकलाई सकुुशल उद्धार गर्न सफल भए पनि स्काभेटर तान्न भने कठिन भएको बताए ।
कर्णाली करिडोरकै दुल्ली कुनादेखि लालीबगरसम्म निर्माण कार्य गरी रहेको नेपाली सेनाको विकास निर्माण दलको स्काभेटरलाई सहयोग मागिएको र त्यसका लागि सेना सकारात्मक रहेको बताउनुुभयो ।
सेनाको स्काभेटर घटनास्थलमा पुुगेपछि नदीमा खसेको उक्त स्काभेटर नदी बाहिर निकालिनेछ । स्काभेटर नदीमा खसे पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस