क्यान्सर रोगबाट जनयुद्धका कमाण्डर विकको उपचारमा समस्या

फिल्को मिसन

फाल्गुन ३, २०७९
सिमकोट । हुम्लाको सर्केगाढ गाउँपालिका–७ रोडिकोट गाउँनिवासी ३७ वर्षीय जगत विकको औषधि उपचार गर्न भारतको लखनउस्थित भगवती रुप अस्पातलमा पुगेका छन्।
३७ वर्षीय विकको विगत ५ बर्षदेखि पेट अन्य शरिरहमा क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्न ऋण र मजदुरीबाट कमाएको रकम बोकेर उनी नेपलाका अस्पताल हुदै भारतको लखनउमा पुगेका हुन।
तर आफूले लिएर आएको पैसा सकिएकाले विकको उपचारमा आर्थिक संकट भएको विरामीका आफन्तले बताए। गाउँबाट ऋण सापट गरी ल्याएको रकम काठमाण्र्डौमा पुग्दा र औषधि खर्चमा ६ लाख भन्दा बढी रकम सकिएको भन्दै विक अहिले औषधि किन्नसमेत पैसा नभएको बताए। औषधि र खानेकुरा किनेर खान समेत समस्या भएको भन्दै उनले आर्थिक सहयोगका लागि अपिल गरेका छन्।
चार महिनादेखि भगवती अस्पतालमा उपचाररत विकले अस्पतालको बेडबाटै अहिलेसम्म ३० लाख रुपैयाँ खर्च हुने बताए । काठमाडौंमा उपचार हुन नसकेपछि भारतमा पुगेका उनीहरू अहिले आर्थिक अभावमा परेपछि उपचार र खाना खानसमेत समस्यामा परेका छ ।
काठमाडौंका विभिन्न अस्पतालमा उपाचर गरेपनि विक लाई उपचारमा समस्या भएपछि काठमाडौं रहेका अस्पताले रिफर गरेरपछि उनीहरू भारतको लखनउमा पुगेका हुन्।
पाँच वर्षसम्म उनको रोग पत्ता लागेन । औषधिले काम नगर्दा पैसा मात्र खर्च भयो । आर्थिक अभावले उपचारमा झनै समस्या देखियो क्यान्सर पीडित विकले बताए । अब मृत्यु कुर्नुबाहेक कुनै विकल्प नभएको गहभरि आँशु निकाल्दै संंचारकर्मि लाई बताए ।
२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धको कमाण्डरको भूमिकामा समालेका जगत विकको क्यान्सर रोग कारण थला परेका छन्। विगतका जनयुद्ध लड्दाको कोही नेता र सहपाठी कसैले कस्तो छ भनेर सोध्यन नआएको दुख व्यक्त गरे । अहिले सम्म पार्टीका नेता कोहि भेट नआएको र सहयोग नभएको बताए ।
विकले उपचार गर्न रकम अभाव भएपछि पछि फिर्ता गर्ने गरी सक्दो सहयोग गर्न सबैमा आग्रहा गरेका छन ।
अहिले जगत विक उपचारका लागि जीवन मरणको दोसाधमा रहेका छन । ‘पार्टीका लागि लडियो, तर अहिले रोगले थला परेको बेला सहयोग गर्ने कोही छैनन्,’ उनले दुःखेसो पोखे । थप उपचार गर्न रकम अभाव भएपछि विकले सहयोगका लागि सबैमा अपील गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस