आईसीसी विश्व क्रिकेट खेलमा नामिबियामाथि नेपालको जित

फिल्को मिसन

फागुन ६ गते २०७९

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ‍‍३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर‍्‍यो ।
योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ ।
शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाका छन । खेलमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको बनाएका छन ।

प्रतिक्रिया दिनुहोस