एसईईका लागि हुम्लामा ६वटा केन्द्र निर्धारण, १२३४ जना सहभागी हुदै
फागुन ७,२०७९
सिमकोट । हुम्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ६ वटा परीक्ष केन्द्र निर्धारण गरेको छ । एसइई हुम्लामा १हजार २सय ३४ जना परीक्षार्थी सहभागि हुने भएका छन ।
आउँदो चैत १७ गतेदेखि हुने उक्त परीक्षाका लागि परीक्षा केन्द्र तयार पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईका अनुसार परीक्षा सञ्चालनका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको बताए ।
परीक्षा केन्द्र सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्रमा १८० जना र बालमन्दिर माविमा २५६ जना परिक्षार्थीहरूको सहभागिता हुनेछन् । त्यसैगरी, सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोडिकोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २४० जना परीक्षार्थीहरूको सहभागिता हुनेछन् ।
कुल परीक्षार्थीहरूमध्ये साधारणतर्फ १हजार १सय ३४ जना र प्राविधिकधारतर्फ ८० र ग्रेडवृद्धितर्फ ६ जना परीक्षार्थी रहेका छन्।
परीक्षार्थीहरूमध्ये ६६० जना छात्रहरू र ५७४ जना छात्राहरूको परीक्षामा सहभागिता रहने छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउनको लागि चैत पहिलो हप्ता कार्यक्रम राखिएको जनाइएको छ ।