खाद्य संस्थानको डिपोको चामल बिक्री भएन
फागुन ७,२०७९
हुम्ला । नेपाल खाद्य संस्थान हुम्ला शाखा कार्यालयमा अन्तर्गत चंखेली गाउँपालिकाका रहेको देउली डिपोको चामल बिक्री भएन ।
चंखेली गाउँपालिका सडक जोडिएपछि बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको स्थानीय बिर्खबहादुर शाहीले बताए । उनले भने सुर्खेतबाट गाडि बाट गाउँगाउँमा खाद्यान्न पुग्न थालेपछि देउली डिपोमा चामल लिन छाडेको उनको भनाइ छ।
लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले गत आर्थिक वर्षमा देउली बिक्री केन्द्रका लागि निर्धारित कोटाको ५ सय क्विन्टल खाद्यान्न बिक्री हुन नसकेको नभएको जानकारी दिए।
खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरेपनि खाद्यन्न लिन अहिले सम्मा आएका छैनन ।
यतिबेला हुम्लाको दक्षिण डिपोमा बिक्री नभएको सबै चामल सिमकोटमा ल्याउने तयारी भइरहेको बताए ।
सडक संजाल जोडिएका गाउँपालिकामा चामल बिक्री हुन नभएपछि प्रमुख आर्चाले बताए । खाद्यन्नको चामल गोदाममै थन्किएपछि ंबिक्रीको लागि माथिल्लो निकायासंग पत्र पठाइसकिएको बताए ।