गाउँमै अल्ट्रासाउण्ड गरेपछि बिरामीलाई राहत
फागुन १०,२०७९
हुम्ला । सिमकोट गाउँपालिकाले गाउँमै अल्ट्रासाउण्ट (भिडियो एक्स रे) गर्न थालिएपछि गर्भवती महिला लाई निकै ठुलो राहत भएको छ ।
सिमकोट सबै वडा अन्तरगत रहेका स्वास्थ्य चौकीहरुमा अल्ट्रासाउण्ड गरिएको छ्।
गाउँपालिकाका नर्सिङ स्टाफ मनमया ओलीका अनुसार अल्ट्रासाउण्ट (भिडियो एक्स रे) सेवामा ३ स्वास्थ्य चौकीहरु अन्तरगत ५३जना गर्भवति महिलाको भिडियो एक्सरे गरिएको छ ।
जसमा पहिलो पटक भिडियो जाँच गर्ने गरेका हो । गाउँपालिकामा रहेका स्वास्थ्य इकाईमा दुई÷दुई महिनाको अन्तरालमा अल्ट्रासाउण्ड सेवा प्रदान गरिने भएको छ । चौगानफया आधारभूत स्वास्थ्य केन्द्रमा २१जना, वडा नम्बर ८ को स्याँडा स्वास्थ्य चौकीमा २१ जना गर्भवतीको अल्ट्रासाउण्ड गरिएको छ ।
गाउँमै अल्ट्रासाउण्ड सेवा पाएसंगै पेट सम्बन्धि समस्या तथा गर्भ जाँचका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको भन्दै सिमकोट गाउँपालिकावासि खुशी भएका छन्
स्थानियहरुले सामान्य चेक जाँचका लागी पनि निकै टाढा जानु पर्ने बाध्यता रहेका वेला गाउँमै अल्ट्रासाउण्ड सेवा दिन सफल भए पछि स्थानियलाई निकै राहत पुगेको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले जानकारी दिनुभयो । एक पटक अल्ट्रा साउण्ड गर्दा प्राईभेट स्वास्थ्य संस्थामा १२ सय देखी ३ हजार सम्म पर्ने भन्दै संयोेज भण्डारीले गाउँगाउँमा निशुल्क सेवा पुग्नु सकारात्मक कुरा भएको बताउनुभयो ।
हुम्ला जिल्ला स्वास्थ्य कार्यालयमा केहि बर्षदेखी यो कार्यक्रम सन्चालनमा रहेको छ ।अहिले गाउँमै अल्ट्रासाउण्ट (भिडियो एक्स रे) प्रदान गरेको जिल्ला स्वास्थ्य कार्यालयकी बरिष्ठ अनमि सरीता बोहरोले बताईन ।
गाउँपालिकाले अल्ट्रा साउण्ड मेसिन उपलब्ध गराएको छ । दक्ष स्वास्थ्यकर्मीको हरेक महिनामा गर्भपरिक्षण गर्नुपर्ने आवश्कयता रहेको बोहराले बताइन् ।
अल्ट्रा साउण्ड गरेर पेट भित्रको बच्चाको बसाई,तौल,तरल पर्दाथको भाग,मुटुको चालको अवस्था हेरिने अनमि बोहराल बताउनुभयो । ग्रामिण अल्ट्रा साउड कार्यक्रमले मातृ मृत्यु तथा नव शिशु मृत्यु दर घटाउन मद्धत पुग्ने छ ।