मौलिकता झल्काउँदै हुम्लामा चैतलो पर्व

अर्जुन बोहरा

फागुन ११,२०७९
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१,२,५,६ र ८वडामा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन ।् परापूर्वकालमा फागुन १२ गतेकै दिन गौरा पर्वकोरुपमा यहाँ क्षेत्री जातीहरुले विशेसरुपले मनाएहेका छन । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलाले भगवना र देवताहरुको बारेमा भजन गित मार्फत गाउँरे गरिन्छ ।
दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको गोरासिहं बबोहोराले बताउनुभयो । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो घाग्रोले बनेको दौरा लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिस्पर्धाका रुपमा तरबार समातेर नाच देखाउने गरेका छन ।
यो पर्वमा गाउँ नजिकैको पाइकपर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपडा लगाएका पुरुषले खरानीका पोका बनाएर महिलाले गाइरहेको स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् । पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ । एक दुई दिन पैदल हिँडेर पनि यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहेमा आउँछन् ।
ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षेत्री समुदायले पनि चाडपर्वका रुपमा मनाउने गरेका छन् । केही वर्ष यतादेखि फागुन १२ गतेकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्व मनाउँदै आएको छ ।
विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमानको मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् ।

चैतलो वर्षलाई यहाँका महिलाले पहेँलो बस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रूपमा खेल्ने गरिन्छ । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरिन्छ ।
श्रीमान्को मनोकामना पूरा होस भनेर बिहानैबाट ब्रत बसेर नुहाई धुवाई गरेर महिलाहरु गीत गाउन जाने गर्छन्। गाउँको सार्वजनिक स्थलमा गाउँभरिका महिलाहरु परम्परागत पोशाक र गरगहना लगाएर भारी, चाँड्ची गीत गाएर नाच्नेको उनले बताइन्। शरीरमा गाउन लगाउने र पहेलो कपाड ओडेर गीत गाउँदै नाँच्ने महिलाको लस्कर निक्कै रमाइलो देखिन्छ।
गाउँगाउँ, टोलटोलबाट पहेँलो बस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो । यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ ।

भिडियो याहाँ क्लिक गर्नु होस=========

प्रतिक्रिया दिनुहोस