बालविवाह न्यूनिकरणको लागि विद्यालयमा प्रहरीद्धार अभिमुखिकण
फागुन १५,२०७९ सोमबार
सिमकोट । बाल विवाह र यसका कानूनी प्रावधान बारेमा विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षक लाई जिल्ला प्रहरीले अभिमुखिकरण गराईएको छ ।
बाल विवाह, चाँडै हुने विवाह तथा जबरजस्ती गरिने विवाह रोकथाम न्युनिकरण गर्नको लागि जिल्ला प्रहरी मार्फत सिमकोटमा रहेको कालिशिल्ता आधरभुत विद्यालयमा अभिमुखिकरण गराएको हो ।
शिक्षक र विद्यार्थीहरुको थप क्षमता विकास गरी सचेतना फैलाउनको लागि थप सहयोग गर्ने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिएको छ ।
प्रहरी हवाल्दार प्रेमबहादुर रोकायाको संंंयोजकत्व गएको प्रहरी टोली विवाह न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेको हो ।
सोमबारमा गरिएको अभिमुखिकरण कार्यक्रममा सिमकोट गाउँपालिका वडानं ६की वडा सदस्य गुयाला रावतको प्रमुख आतिथ्यमा अभिमुकरण कार्याक्रममा सम्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालयको सहकार्य र समुदाय प्रहरी साझेदारी कार्यक्रको आयोजनामा बाल विवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।