फिल्को मिशन साप्ताहिक पत्रिको सिमकोटमा विमोचन
फागुन १७,२०७९,बुधबार
सिमकोट । हुम्लाबाट प्रकाशित फिल्को मिशन साप्ताहिक पत्रिकाको एक समारोहका बिच बुधबार विमोचन गरिएको छ । विमानस्थल नजिकै रहेको हुम्ला रिर्सोवटको सभाहलमा आयोजित एक कार्यक्रममा बिच सिमकोट गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र हुम्ला जिल्लाका इन्चार्ज विजय भण्डारी (प्रतिरोध)ले फिल्को मिशन साप्ताहिक पत्रिकाको विमोचन गरेका हुन ।
उद्घाटन शत्रमा सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले “अहिलेको युगमा टिकट,फेसबुक,टुइटर लगयातका सामाजिक सञ्जालमा मान्छेहरु लाई प्रेरित गरिरहेको समयमा फिल्को मिशन पत्रिकाले बौद्धिकता तिर लैजाने काम गर्ने छ ।
मुलरुपमा यो पत्रिकाले समाजमा भएका महत्वपुर्ण कुरा छ्, सुन सिरानी राखेर नुनको खोजीमा ध्याउनु पर्ने हुम्लाको बाध्यता लाई यस फिल्को मिशन पत्रिकाले उजागर गर्ने छ, । उनले सूचना प्रबिधिको विकाससँगै सूचनाहरु अनलाइन र सामाजिक सञ्जालबाट प्रवाह हुन थालेकाले पत्रपत्रिकाले खोजमुलक विषयबस्तुमा ध्यान दिनुपर्ने बताउनुभयो ।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौंडे भौगोलिक विकता रहेर पनि उत्साह रुपमा एउटा राष्ट्रिय पत्रिका फिल्को मिशन पत्रिका प्रकाशनको जर्मको गरेकोले स्राहनीय भएको बताए ।
तर अहिलेको परिवेसमा डिजिटल युगमा अनलाईन पत्रिका खोजेर पढ्ने विकास भएकै छैन उनले भने । सामाजीक संजालमा प्रकाशित भएका समाचारको शिर्षक पढ्ने र समाचारको मुलभाग के हो भन्ने कुरा चाँहि समाचारको शिर्षकले नबताउने भुन्नुहुन्छ । तर समाचारको शिर्षक पढ्यो क्रिया प्रतिक्रिया बनाएर आफनो धारण राखेको बताए । समाज रुपान्तरणको लागि संचारक्षेत्रको विकास हुन आवश्यक रहेको औल्याएका छन । उनले भने सविधान र प्रचलित कानुनको कार्यान्वयन गराउँन संचारजगतको भूमिका महत्वपूर्ण रहेकोले संचारक्षेत्रको विकास हुन आवश्यक रहको बताए ।
पत्रिका उद्वघटन कार्यक्रममा सञ्चार क्षेत्र सत्य तथ्य निष्पक्ष रूपमा अगाडी बढ्नुपर्ने सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताइन । उनले भनिन् पत्रिकाको माध्यमले समाजमा भएको समस्यालाई उजागर गरेर समाज रुपान्तरणमा सहयोग पुग्ने आशा व्यक्त गरिन् ।
फिल्को मिशनसाप्ताहिक पत्रिकाको नाम अनुसार काम गरोस् भनि शुभकामना दिदैं नेपाली काँग्रेस हुम्लाका पार्टी उपसभापति कैलाश भण्डारीले यथास्थितीबाट उन्मूख भएको क्षेत्रबाट माथि उठेर समाजको हरेक प्रकारको समस्याको पहिचान गरी उजागर गर्नुपर्ने जोड दिनुभयो।
नेकपा एमालेका जिल्ला पार्टी सचिव तिर्थराज बोहरा भन्नु हुन्छ – “हुम्ली जनताको आवजको निम्ती, विकास र सम्मवृद्धि लागि कुनै पनि विवेद नगरि निस्पक्षरुपमा समाचारका सामाग्री ल्याउने काम फिल्को मिशन साप्ताहिक पत्रिकालाई सफलताको शुभकामाना दिनुहुन्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले जनपक्षिय पत्रकारीता गर्न सुझाव दिए । उनले भने पत्रिका निरन्तर दिनु पर्नै र नाफमुलक भन्दा पनि पेशागत तर्फ लाग्न आग्राह गर्नु भयो ।
प्रकाशक तथा प्रधान सम्पादक अर्जुन बोहराले ग्रामिण क्षेत्रका ओझेलमा परेका विषयबस्तुलाई प्राथमिकता दिएर पत्रिका प्रकाशन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन फिल्कोमिशन साप्ताहिक सम्पादक दाने बोहराले गर्नुभएको थियो ।
फिल्को मिसन साप्ताहिक पत्रिका उदघाटनमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरी नायब उपरिक्ष शंकरसिह धामी, राष्ट्रिय अनुसन्धानका नायब उपरिक्षक सत्यबहतदुर रावत, पत्रकार महाँसंघ जिल्ला शाँखाका सचिव नन्द सिंह र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराई लागयतका अन्य कार्यलयका कार्याप्रमुख ,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।
फिल्को मिशन साप्ताहिक पत्रिका सहित अहिले सम्म जिल्ला प्रशासन कार्यालमा दर्ता भएका साप्ताहिक,पाक्षिक,मासिक र दैनिक गरि १३वटा संख्या पुगेको छ ।