महँगो भाडा तिरेर हेलिकप्टरबाट विरामीको उद्धार

अर्जुन बोहरा

केर्मी देखि काठमार्डौसम्म ११ लाख

फागुन १८,२०७९

सिमकोट । हुम्लामा एक महिलाको अचानक वेहोश भई अचेत अवस्थामा पुगेकी विरामी हेलिकप्टर बाट उद्धार गरेको छ । नाम्खा गाउँपालिका–२केर्मीकी निवासी अन्दाजी ४५ वर्षीया विरामी खान्डु तामाङलाई ११ लाख रुपैयाँ हेलिकप्टर भाडा तिरेर उद्वार गरिएको हो ।
नशा समस्या हुदाँ एक्कासी वेहोस भएकी तामाङलाई विहिबार आफ्नै लगानीमा भाडा तिरेर उपचारको लागि कैलाश एअर हेलिकोप्टरबाट उद्धार गरिएको छ । गाउँमै उपचार नहुने भएपछि विरामी तामाङका आफन्तले महँगो भाडा हेलिकप्टर चार्टर गरेरका हुन् ।
काठमाडौंमा रहेका आफन्त संग कुरा भयो । तर,जिल्लामा उपचार सम्भावना कम देखेपछि जिल्ला बाहिरका अस्पातलमा लग्ने बाध्य भएको विरामी आफन्तले बताए । नत यातायतको सुविधा सदरमुकाम सिमकोट विमानस्थल पुग्न लाई दुई दिन लाग्ने भएकोले हेलिको व्यस्था गर्न जिल्ल प्रशासन कार्यलयलाई अनुरोध गरेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादु लामाले बताए । ११ लाख रुपैयाँ हेलिकप्टर भाडा तिरेर काठमाडौंमा लैजाने निधो भयो।
हेलिकप्टरको भाडा जुटाउन सक्नेका लागि त सजिलै होला। तर, गरिब विपन्न परिवारका सदस्यले हेलिकप्टर चार्टरको विषय सोच्नसमेत सक्ने अवस्था छैन। ‘कैलाश एअर हेलिकोप्टर धन्न भेटियो। हेलिकप्टरका लागि धेरै फोन घुमाउनुप¥यो’ बिरामीका आफन्तले बताए ।
अचानक बेहोश भएका तामाङको अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि अन्यत्र लैजान महँगोमा हेलिकप्टर चार्टर गरेर अस्पताल लैजानुपर्ने बाध्यता भयो। ‘सवारी साधन नपाएपछि निजी एयरलाइन्स खोज्नुपर्ने बाध्यता छ’, ‘सक्नेले त हेलिकप्टर चार्टर गर्ला । नसक्ने त उपचार नपाएर मर्ने दिन आयो।’ पछिल्ला दिनमा हेलिकप्टर चार्टर गरेर बिरामीलाई सुर्खेत,नेपालगन्ज,काठमाडौं, पोखराका अस्पतालमा लग्ने दर मनपरी बढेको छ।
महंगो मूल्य हेलिकप्टर भाडा तिरेर काठमाडौं न्युरो अस्पतालमा उपचार भईरहेको अध्यक्ष लामाको भनाई छ । भौगोलिक रूपमा दुर्गम जिल्लाका नागरिक लाई उपचारकै लागि लाखौँ रकम खर्चिनु बाध्य हुनु परेको छ । सामान्य अवस्थामा पनि हेलिकप्टर चार्टरको भाडा सामान्य रहन्छ। तर, यस्तो विपद्को बेला महँगो भाडा लिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस