सिमकोटमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न,१९१जनाले सेवा लिए

फिल्को मिसन

फागुन २१,२०७९आइतबार
हुम्ला ।सिमकोट गाउँपालिका–१,२मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको आयोजना सिमकोट गाउँपालिको रामदेव माध्यामिक विद्यालय ठेहेमा विभिन्न किसिमका रोगहरुमा एक दिने निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक कार्यक्रम अनुसार सिमकोट गाउँपालिकाको रामदेव माध्यामिक विद्यालय ठेहेमा संचालन गरेको निःशुल्क शिबिरमा १सय ९१ जनाको चेकजाँच गरिएको स्वास्थ्य केन्द्रका प्रमुख कृष्णचन्द्र जोसीले बताए ।
निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा महिला १ सय ३ र पुरुष ८८ गरी जम्मा १ सय ९१ जनाले उपचार पाएको प्रमुख जोसीले बताउनु भयो ।शिविरमा १ सय ९१ जनालाई आयुर्वेद औषधि वितरण गरिएको थियो।
स्थानिय बासिन्दाहरुलाई लक्षित गरी संचालित स्वास्थ्य शिविरमा निशुल्क ग्याष्टिक, राँगन, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचाप, कव्जित, पाइल्स, हात खुट्टा दुख्ने तथा झमझमाउने, टाउको दुख्ने, निद्रा नलाग्ने रोगको उपचार,सुगर र बाथरोगलगायत रोगको उपचार सेवाहरु प्रदान गरिएको थियो । जसअन्तर्गत सम्पुर्ण रोगको उपचार गराएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको प्रमुख जोशीले बताए । यस्तै शिविरबाट निशुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श दिईएको थियो। वडामा निःशुल्क रुपमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर राखिएकोमा सेवाग्राही निकै खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस