चार महिना पछि भेटियो बेपत्ता युवकको लाश

फिल्को मिसन

फागुन २२,२०७९
सिमकोट । चार महिनादेखि बेपत्ता भएका खार्पुनाथ गाउँपालिका– ४ नल्का गाउँका एक युवकको शव फेला परेको छ ।
खार्पुनाथ गाउँपालिका–४ का २८ वर्षिय जसबहादुर शाहीको लास फेला परेको हो ।
गत मंसिर १४ गते खार्पुनाथ– ४ नल्ला घरबाट खच्चर लिएर सल्लिसल्ला सामान लिन हिडेका शाही सर्केगाड गाउँपालिका–३ को उनापानी बाट बेपत्ता भएको पारिवारिक श्रोतले बताएको छ ।
बेपत्ता भएको भन्दै उनका दाई कालि बहादुर शाहीले मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा खोजिगर्नका लागि अनुरोध गरेको थिए ।
सर्केगाड गाउँपालिका वडा नम्वर ३ को उनापानी गाउँ नजिकै रहेको कर्णाली नदिको पाल्तिखेर भन्ने स्थानमा उनको लास भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सोमबार नल्ला गाउँका सुरेन्द्र शाहीले साँझपख लास फेला परेको भन्दै उक्त स्थानम प्रहरी पुगेको थिए ।
बेपतको लास भेटिएको खबर पाउने बितिकै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक दीपक मल्लको टोली सर्केगाड पुगेको छ ।
फेला परेको लास खार्पुनाथ गाउँपालिका–४ का जसबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक दीपक मल्लले बताए । मुचुल्का उठाउने काम भईरहेको प्रहरी निरिक्षक मल्लको भनाई छ । सोमबार प्रहरी मुचुल्का सहित लासलाई आफन्तको जिम्मा लगाई घटनाको थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस