इन्टरनेट सेवा पुँहुच नपुगेको भन्दै शिक्षकहरुको चिन्ता

एबि थापा

फागुन,२६, २०७९
सर्केगाढ । सर्केगाड गाउँ शिक्षा समितिको वैठकमै विभिन्न निर्णय गर्दे बैठक सम्पन्न भएको छ । सर्केगाढ गाउँपालिकाको गाउँ शिक्षा समितिको वैठक गाउँपालिका अध्यक्ष एवं गाउँ शिक्षा समितिको संयोजक ठान बहादुर रोकायाकोे संयोजकत्वमा बठैक सम्पन्न भएको हो ।
आज (शुक्रबार) भएको वैठकमा गाउँपालिकाको शैक्षिक शत्रमा विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमन,चालु आर्थिक बर्ष विद्यार्थीको बार्षिक परिक्षा लगायतको निर्णय भएको छ ।
सर्केगाड गाउँपालिका भित्रका ३२ वटै विद्यालय प्रअ,स्थानीय जनप्रतिनिधिहरुसंग समसामयिक विषयमा छलफल गरेको छ। छलफलका क्रमम अधिकांस प्रधानाध्यापकले आ–आफ्नो विद्यालयहरुको समस्याहरु राखेका थिए ।
लालिगुराँस लिम्पने माविका प्र.अ काली बहादुर महताराले आफ्नो कुरा राख्दै “नेट– ईन्टरनेट पहुँच नहुदा हामी शिक्षक नै देश विदेशका समाचार र अन्य अफिसियल डकुमेन्ट र्हेन् हामी बन्चित छौ, अनि कसरी विद्यार्थीलाई समसामयिक बिषय पढाउने ? ”
समग्रह विद्यालय प्रति राखेका गुनासालाई स्थानीय सरकार चिन्तित रहेको र चाडैं अनुसुन्न्धान गरि एक्सन प्लानमा जाने पालिका उपाध्यक्ष चन्द्रसिंह कार्किको भनाई । शिक्षामा देखिएको समस्या, दरबन्दी मिलन, विद्यालय मर्ज र स्थानीय पाठ्यसामग्रीको संरचनका निम्ति दिगो परिकल्पनाबाट अगाडि बड्ने र पालिका भरिनै शिक्षा प्रति सधै आफू सकरात्मक रहेको अध्यक्ष ठान बहादुर रोकायले बताए। त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत नर रावतले स्थानीय शिक्षा निति बनाउनम सहयोग गर्न अपिल गरे ।
उक्त कार्यक्रममा विद्यालयको वार्षिक परिक्षा र अन्य विषयमा छलफल भएको छ। पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासाकिय अधिकृत, शिक्षकहरु, भिविन्न सगठानका शिक्षक प्रमुख र प्रधानाध्यापकहरु बिचको छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस