खाद्य संस्थान हुम्लाले खरिद गरयोे रैथाने बाली

फिल्को मिसन

फागुन २६,२०७९
हुम्ला ।खाद्य संस्थान शाँखा हुम्लाले रैथाने बाली खरिद गर्ने गरेको छ । सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखासंग भएको सम्झौता अनुसार विभिन्न जातको अनाज २७ क्विन्टल ६०केजी खरिद गरेको हो ।
जिल्ला बाहिर शहरी क्षेत्र काठमाण्डौं लगायतको क्षेत्रमा लगेर बिक्री गर्न हुम्लाको अर्गानिक उत्पादन चिनो,सिमी,फापर र कागुनो खरिद गरेको गर्ने भएको हो ।
गाउँपालिकाले यसअघि लिमिटेड केन्द्रसँग खरिदका लागि शाखासँग बिक्री मूल्य सहित खरिद गर्ने सम्झौता गरेका थिए । पहिलो चरणमा चिनो (रातो) चामल, काकुनो चामल, फापर र सिमिलाई खरिद, संकलन, मूल्य निर्धारण गरि खरिद गरिएका रैथानी बाली लाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लालाई हस्तान्तरण गरेको पालिका अध्यक्ष विजय भण्डारीले नेपालगाथालाइ जानकारी दिए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले रैथाने बालीको अन्न बिक्री सुरु भएको र अब यो क्रम जारी रहने बताए।
गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले पहिलो दिन प्रशोधन गरेको चिनोको चामल १२क्विन्टल, फापर १० क्विन्टल,कागुनो, सिमी ५क्विन्टल र ६०केजी लिमिटेडको शाखालाई हस्तान्तरण गरिएको बताए।
पहिलो पटक चारै किसिमका अन्न गरी साढे २७ क्विन्टल लिमिटेडलाई हस्तान्तरण गरिएको छ।
सिमकोट गाउँ कार्यपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय, काठमाडौं बीच गत कार्तिक ३ गते भएको सम्झौता अनुसार ४ लाख ३० हजार बढी रूपैयाँ बराबरको रैथाने बाली हस्तान्तरण गरेको पालिका कृषि शाखा प्रमुख नेत्र शाहीले जानकारी दिए।
लिमिटेडको शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले विधिवत रूपमा रैथाने बालीको अन्न खरिद गर्ने कार्य सुरु भएको बताउँदै अब तत्काल सुर्खेत ढुवानी गरेर काठमाडौँ पठाउने तयारी गरिने बताए। रैथाने वाली उत्पादन गरी सिमकोट लगायतका अन्य गाउँपालिकाका कृषिहरुकोे उत्पादन लाई खरि गरियो छ ।

प्रतिक्रिया दिनुहोस