सिमकोटमा पानीको शुद्धता परिक्षण

फिल्को मिसन

फागुन २४,२०७९
सिमकोट । सिमकोट गाउँपालिकाले नै पहिलो पटक पानीको शुद्धता परिक्षण गरेको छ ।
गाउँपालिका भित्ररहेका विभिन्न स्थानबाट संकलन गरी ल्याएको पानीको परीक्षण गर्दा इकोली लगायत जीवाणुु नदेखिएपछि पानी स्वच्छ पिउन योग्य देखिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले मानिस तथा पशुुवस्तुको प्रयोगका लागि खानेपानी परीक्षण गरिएका स्थानको पानी प्रयोग योग्य रहेको बताए।
उहाँले गाउँपालिका भित्र रहेका पानीका मुहानहरुको पानीको नमुना ल्याएर पानी ल्याबमा परीक्षण गरिएका स्थानमा ठेहे पानीधारा, पञ्चमुखी आधारभूत विद्यालयको पानी धारा, ठेहे स्वास्थ्य चौकी, पिन्यारा धारा, बरगाउँ स्वास्थ्य चौकी, लाङ्दु गाउँको खानेपानी धारा, लाङ्दुु मुहना, मन्की खोला मुहान र जिल्ला अस्पताल खानेपानी धारा छन्।
उनले यी सबै स्थानको पानी मानिसको प्रयोगका लागि अयोग्य इकोलीलगायत जीवाणुु भए नभएको परीक्षण गर्दा जीवाणुु भेटिएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोग र गाउँपालिकोको आयोजनामा पहिलो पटक पानीको शुद्धता परिक्षण गर्न थालिएको हो । यसअघि जिल्लामा ‘वाटर टेस्ट किट’ नहुदाँ पानीको शुद्धता परिक्षणका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस