खार्पुनाथको अर्ध बार्षिक सुनुवाई सार्वजनिक, सबै जिम्मेवार हुन्छौं –अध्यक्ष रावल

अर्जुन बोहरा

फागुन २९,२०७९
खार्पुनाथ ।खार्पुनाथ गाउँपालिकाको आर्थिक बर्ष ०७९ ÷०८० को प्रथम अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएकोे छ ।सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट संचालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन सार्वजनिक सुनुवाई गरिएको हो ।
आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना संचालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
खार्पुनाथ गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाईको सबै शाँखाहरुले भएगरेका क्रियाकलपमा सार्वजनिक गरेका थिए । पालिका, वडाहरुमा हुने कामकारबाहि सहितको कार्य प्रगति, सेवा, सफिारीस, पारदर्शिता तथा बिविध बिषयमा नागरिकहरुसँग सवाल जवाफ लिएका थिए ।
पालिकाको प्रगाणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्न र जिज्ञाशाहरुको गाउँपालिका अध्यक्षय र उउपाध्य,वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विष्णु शाहीले जवाफ दिएका थिए ।
महत्वपूण उठेका प्रश्नहरुको जवाफ दिंदै खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलले जवाफदेही भएको प्रष्ट पार्दै नितीगत कुरामामा त्रुटि कमजोरी भए सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।अध्यक्ष रावलले नागरिकबाट अझै प्रश्न नउठाएको, कतिपय उठाएका नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार सरकारका रुपमा स्थापित हुने बताएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि गाउँपालिकाको विकासको पनि जरुरी रहेको उल्लेख गरेका थिए ।
नागरिकहरुको जवाफदेहिता दिने सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका ५ वडा का वडाध्यक्षहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । नागरिकहरुको जवाफ दिने ठाउमा आउन नसक्ने वडा अध्यक्षहरु आफनो वडामा विकास निर्माण र सुशासनमा कसरी काम गरिरहेका छन आम नागरिकहरुले चासो ब्यक्त गरेका छन । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष,सुरक्षा निकाएका प्रमुखहरु, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।
कार्यक्रमका नेपाल पत्रकार महाँसंघ हुम्लाका अध्यक्ष राजन रावतले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिनुभएको थियो । गाउँपालिका केन्द्रमा सावैजनिक स्थानमा आयोजना भएको उक्त कार्यक्रममा हालसम्म गाउँपालिकाले तय गरेका कार्यक्रम अनुुसार भएको प्रगति बिबरणसमेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस