मानसरोवर क्याम्पस हुम्लामा स्ववियु पदाधिकारी निर्वाचित
फागुन ३०,२०७९
सिमकोट । मानसरोवर बहुमुखी क्याम्पस हुम्दाकोे स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका नरेन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन । समानुपातिक सदस्यमा नेविसंघका चार जना, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का तीन–तीन जना चयन भएका छन्। समानुपातिक सदस्यमा नेविसंघका चार जना, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का तीन–तीन जना चयन भएका छन्।क्याम्पसले मंगलबार स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्विवियु (क्रान्त्रिकारी)ले सहमति गरी संयुक्त रुपमा पद बाँडफाँट गर्दै उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन तालिका अनुसार मंगबारमा मनोनयन प्रक्रियामा भण्डारीसहित उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष पदमा एक एक जनाको उम्मेद्वारमा निर्वाचित भएका छन ।
यो क्याम्पसको स्ववियु उपाध्यक्षमा नेकपा (माओवादी कन्द्रका) निकट अखिल क्रान्तिकारीका निस्मा बोहरा र सचिवमा शिव फडेरा निर्वाचित भएका छन । त्यसैगरि सहसचिवमा नेकपा (एमाले निकट अनेरास्ववियुका चिन बोहरा र कोषाध्यक्षमा धन बहादुर भण्डारी निर्विरोध हुनुभएको हो।
विद्यार्थी सङ्गठनले सहमति गरेर पद बाँडफाँट गर्दै उम्मेद्वारी दर्ता गराएकाले सबै पदाधिकारी निर्विरोध भएको क्यापस प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो।
समानुपातिक सदस्यमा नेविसंघका चार जना, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का तीन–तीन जना चयन भएका छन्।
प्रत्यक्षतर्फ चयन भएका सदस्यहरुमा पूर्णबहादुर बुढा, सोनाम पाल्दन तामाङ, पेमा ग्याल्जो लामा, सागर कुमार शाही, निस्मा बोहरा छन् भने समानुपातिकतर्फ छविलामु लाम, जविन्द्र शाही, चिन बोहरा, आशिष रावत, चाँदनी सुनार, जलजला रावत र नामाङ्ग लामा रहेका छन्।
उहाँका अनुसार सदस्सभापति सहित १५ सदस्यीय स्ववियुमा हुम्ला क्याम्पसका लागि तिन विद्यार्र्थी संगठनहरुकोअसहमतिमै मनोनयन दर्ता भएको थियो ।