इन्सेककर्मी सिंह पुरस्कृत
चैत १,२०७९
सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का हुम्ला जिल्ला प्रतिनिधि नन्द सिहं कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत हुनुभएको छ ।
इन्सेकले बुधबार आयोजित सामारोहमा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै प्रत्यक प्रदेशका एक÷एक जना उत्कृष्ठ जिल्ला प्रतिनिधिलाई पुरस्कृत गरेको हो । उत्कृष्ठ कार्य सम्पादन गरे बापत सिंहलाई पुरस्कृत गरिएको इन्सेक कर्णाली प्रदेशले जनाएको छ । सिंहसहित उत्कृष्ट जिल्ला प्रतिनिधिलाई सात÷सात हजार नगद र प्रसंशापत्रले पुरस्कृत गरेको हो ।
वीरेन्द्रनगर सुर्खेतमा आयोजित एक कार्यक्रमको बिचमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सकेका अध्यक्ष कुन्दन अर्याल र कर्णाली प्रदेशका मुख्य गोपिकृष्ण खनालबाट संयुक्त रूपमा सम्मान गरेका हुन ।
नेपाल मानव अधिकार बर्ष पुस्तक २०२३ मा सन् २०२२ को जनावरीदेखि डिसेम्बरसम्म नेपालमा मानव अधिकारको अवस्था सम्बन्धि प्रतिवेदन समावेश गरिएको इन्सेकले जनाएको छ ।
सिहं नेपाल पत्रकार महासंघका हुम्ला शाखा सचिव एवम इन्सेक हुम्ला जिल्लाबाट लामो समयदेखि काम गर्दै आएका छन ।