विश्व बैंकद्धारा गल्फागाड–कालागाड सडक कालोपत्रे

फिल्को मिसन

चैत ४,२०७९
सिमकोट । हुम्लाको अदनचुली गाउँपालिकाको आन्तरिक जोड्ने सडक अन्तर्गत गल्फागाडको साँघुढुंगादेखि कालागाडसम्मको १४ किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने प्रस्ताव अगाडि सारेको छ । विश्व बैंक (एडिबी)अन्र्तगत ग्रामीण पहुँच कार्यक्रमले निमार्ण गरेको हुम्लाको अदचुली गाउँपालिकाको गल्फागाड–कालागाड सडक कालो पत्रे गर्ने तयारी गरेको छ ।
स्थानीयवासीको माग अनुसार सडकहरु कालोपत्रेको काम अघि वढाउने ग्रामीण पहुँच कार्यक्रम लाई अनुरोध गरेको अनदचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहले बताउनुभयो । गाउँपालकाकाअध्यक्ष सहितका जनप्रतिनिधि सम्मीलित अनुगमन टोलीले सडकको स्थलगत अनुगमनमा हुम्लको अदनचुली गाउँमा पुगेको थिए । स्थानीयबासी र जनप्रतिनिधि संयुक्त बैठक बसी विश्व बैंक (एडिबी)अन्र्तगत ग्रामीण पहुँच कार्यक्रम लाई उक्त सडक कालपत्रे गर्न प्रस्ताव गरेको छ ।
अदानचुली गाउँपालिकाको लाइफलाइनका रुपमा रहेको उक्त सडकलाई आगामी डेढ वर्ष भित्र कालोपत्रे गर्ने भएको गर्दै पालिकाका अन्य काममा सहजिकरण गर्ने प्रस्ताव आएको एडिबीका इन्जीनियर भुवनेश त्रिपाठीले बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा, पालिका अध्यक्ष सिंह, एडिबीका इन्जीनियर भुवनेश त्रिपाठी लगायतको टोली उक्त सडक अनुगमन गर्ने हुम्लामा पुगेका छन् ।
सडक चौडा गर्दै कालो पत्रे गर्ने काममा कसैको घरजग्गा गएको विषयमा विवाद सृजना भए बैङकले काम शुरु नगर्ने पुर्व चेतावनी दिएको छ । सडक निमार्ण गर्दा ‘नाली सहित ८ मिटर चौडाईको तयारीका लागी सडक तल माथिका घर टहरा उठाउन पालिकाले आफै जिम्मेवार हुनुपर्ने एडिबीका प्र्रतिनिधिले आग्रह गरे । शुरुको चरणमा सडक निर्माण गरेर पालिका जोड्ने त्यस पछि वडासगैं शिक्षा, स्वास्थ्य, कोल्ड स्टोर, खेतियोग्य र वजारीकरणसम्मको काम गर्ने लक्ष्य एडिबीको छ ।
१५ वर्षे कार्यक्रम सहित गएको टोलीले गल्फागाड–कालागाडसडक खण्डको सर्वे गर्न प्राविधीकको टोली अदानचुली पुगेको छ । प्राविधिकको डिटेल सर्भे प्रतिवदन अनुसार एडिबीले टेण्डर आह्वान गर्ने अदानचुली ५ का वडा अध्यक्ष कमल बहादुर छत्यालले जानकारी दिए ।
अदानचुली गाउँपालिका अन्तरगत साविकको श्रीनगर र कालीका गाविससम्म १४ किलोमिटर सडक ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण ग्रामीण पहुँच कार्यक्रमले निमार्ण गरेको थियो ।
राष्ट्रिय सडक सञ्जालले नछोएको नेपालको एक मात्र जिल्ला हुम्लाका केहि गाउँपालिका भित्र रहेका अन्तरिक सडक निर्माणको कार्य गर्दै आएको ग्रामीण पहुँच कार्यक्रमले अक्टोबर २०१३ देखि हुम्लामा सडक निर्माणको कार्य संचालन गर्दै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस