हुम्लामा एक युवकले गरे झुन्डिएर आत्माहत्या

फिल्को मिसन

चैत ६ २०७९, सोमबार
हुम्ला । एक युवकले झुन्डिएर आत्माहत्या गरेका छन् । हुम्लाको सिमकोट गाउँपालिका वडा न ७ वस्ने ३४ बर्षीय जयभक्त शाहीले आत्महत्या गरेका हुन् ।
आइतबार राति ८ बजेतिर सिमकोट गाउँपालिका–८ घट्टेखोला लागामाडु नजिकै पिपलको रूपमा कपासको डोरीले पासो लगाई झुन्डिएर आत्मा गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
उनकी श्रीमती जम्भरी छत्याल शाहीले सिमकोट गाउँपालिका– ७ स्थित धारापोरी प्रहरीचौकीलाई जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरिक्षक दीपक मल्लको टोली ३ घण्टा घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक दीपक मल्लले घटनाको अनुसन्धान भईरहेको बताए ।उनले के कति कारणले आत्महत्या गरे केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस