मूल्यवृद्धिको विरोध गर्दै हुम्लामा राप्रपाले बुझायो ज्ञापन पत्र

फिल्को मिसन

चैत ६, २०७९
सिमकोट । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ल प्रशान कार्यालय मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ ।
हुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ । उसले अत्यावश्यक पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ ।
सोमबार राप्रपा हुम्लाले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
राप्रपा हुम्लाले कृषि तथा पशुपन्छी मन्त्रालयले रासायनिक मलको मूल्यमा गरेको वृद्धि र मल खरिदमा किसानलाई दिँदै आएको अनुुदान घटाउने कार्य गरेको विरोधमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र पेस गरेको जिल्ला पार्टी नेता नैनंिसह रावते बताए ।

पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाव दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने राप्रपा हुम्लाले विज्ञप्ती मार्फत बताएको छ । सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए ।
राप्रपा हुम्लाले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा किसानले रासायनिक मलमा पाउँदै आएको अनुुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुुचित भएको उल्लेख गरेको छ।
मागबमोजिम खेती गर्ने समयअगावै मल आपूर्ति गर्न नसकिएको अवस्थामा गरिएको अनुदान कटौतीको निर्णयप्रति राप्रपा घोर आपत्ति व्यक्त गर्ने कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस