काठेपुलको नाममा २५लाखको बजेट दुरुपयोग

फिल्को मिसन

चैत ६,२०७९
सिमकाट । हुम्लाको सर्केगाड गाउँपालिकाले काठेपुलको नाममा २५ लाखको बजेट चरम रूपमा दुरुपयोग गरेको छ ।
सर्केगाड खोलामा बेलिबृज पुल निर्माण हुन थालेपनि गाउँपालिकाले विकासी बजेटको दुरुपयोग गरेको खुलासा भएको छ । २५ लाखमा काठेपुल निर्माण गर्न थालेपछि स्थानीयबासीहरूले गाउँपालिकाको तिब्रआलोचना गर्न थालेका छन ।
सर्केगाड खोलामा बेलिबृज निर्माण हुने ठाउँमा पच्चीस लाखमा ४ वटा रूख तेर्साएर काठेपुल निर्माण गरि बजेटको चरम दुरुपयोग गरेको एक स्थानीयबासीले जानकारी दिए । गाउँपालिकाले बजेटको दुरुपयोग गरेको ती स्थानीयले आक्रोश व्यत्त गरे । काठेपुल गाउँपालिकाले आफू निकट जिम्मा दिएर बजेट यसरी नै दुरुपयोग गरेको तथ्य फेला परेका छन ।

प्रतिक्रिया दिनुहोस