हिमज्योती बहुमुखी क्याम्पसलाई १७ रोपनी जग्गादान

फिल्को मिसन

फागुन ३०,२०७९
सिमकोट । हुम्लाको सर्केगाढ गाउँपालकास्थित हिमज्योती बहुमुखी क्याम्पसलाई स्थानीय समाजसेवीले आफ्नो १७ रोपनी जग्गादान गरेका छन् । सर्केगाड गाउँपालिका वडा नं. ४का सिधन बुढाले सो क्याम्पसलाई १७ रोपनी जग्गा निशुल्क सहयोग गरेका हुन् । जग्गा धनि वुढाले पास गरेको जग्गाको कित्ता नं २५१ क्षेत्रफल ८हजार ९सय स८० वर्गमिटर क्षेत्रफल रहेको छ ।
विद्यार्थीहरुको सुविधाको लागि सो क्याम्पसको भवन निर्माण गर्नलाई उनले आर्थिकसँगै भौतिक सम्पत्तिको अभाव भएकोले त्यस अभावलाई परिपूर्ति गर्न मालपोत कार्यालय हुम्लामा गएर आफ्नो नाममा भएको जग्गा क्याम्पसको नाममा नामसारी गरिदिएका हुन । क्याम्पसलाई उपलव्ध गराइएको जग्गा सरकारी मूल्य अनुसार कर्णाली करीडोर सडकले जोडिएको हुनाले उपयुक्त रहेको क्याम्पस प्रमुख नेत्रलाल हमालले जानकारी दिए ।
शिक्षा समाजको महत्पर्णू अंग भएकोले भौतिक संरचनाकै कारण शिक्षालयहरुले समस्या झेल्न नपरोस् भनेर क्याम्पसलाई जग्गा दान गरिएको बुढाको बताए ।
क्याम्पसको भवन निर्माण गर्नको लागी आर्थिक सहयोग जुटे पनि भवन बनाउने जग्गा नहुंदा समस्या पर्ने बताए ।
दुई सय पचास भन्दा वढी विद्यार्थी रहेको उक्त क्याम्पसमा हाल मानविकी लगायतका संकायमा अध्ययान रहेको हिमज्योती बहुमुखी क्याम्पस प्रमुख हमाले बताए ।

प्रतिक्रिया दिनुहोस