एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिने

अर्जुन बोहरा

चैत ७,२०७९
सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पालिकाले यसवर्षदेखि सञ्चलानमा ल्याएको विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्र्तगत पालिकाभित्रका विद्यार्थीलाई सम्मान गर्ने पालिकाले निर्णय गरेको हो ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेर २०७९ सालको एसईई परीक्षामा ३.६ जीपीए ल्याएर एसईई पास गरेका विद्यार्थीलाई सम्मान गर्ने निणर्य गरेको गाउँपालिका अध्यक्ष विजय भण्डररी(प्रतिरोध)ले जानकारी दिए ।
उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन होस् भन्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी लाई सम्मान गर्ने कार्यापालिकाले निणर्य गरेको सिमकोट गाउँपालिका निम्ति प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए ।
गाउँपालिकाले गाउँपालिका मातहता भित्रका विद्यार्थी लाई नगद दश हजार रूपैयाँदरले प्रोत्साहन स्वरूप सम्मान गर्न तयारी गरेको छ । सिमकोट गाउँपालिकाले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षाको विकासका लागि विद्यार्थी लाई प्रोत्साहन स्वरुप सामान गर्न लागेको छ ।
त्यस्तै गरि वलभद्र प्रावि लाई कक्षा ६ सम्म संचालनको लागि अनुमति दिने र गाउँपालिकाले ०७९÷०८०को त्रैमासिक चैत २४गते र चैत २६ गते सार्वजनिक सुनुवाई कार्यक्रम आयोजन गर्ने निणर्य गरेको छ । गाउँपालिकाले रलिङ गुम्बाको पर्यटकीय पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाभित्र रहेको पुरानो धार्मिक स्थलको उचित प्रचार नहुँदा यो क्षेत्र ओझेलमा परिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस