घरमै स्वास्थ्य सेवा दिँदै सिमकोट गाउँपालिका

अर्जुन बोहरा

चैत९,२०७९
हुम्ला ।हुम्लाको सिमकोट गाउँपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । गाउँपालिका सबै उम्मेर समुहका लागि घरघरमा गइ स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीका अनुसार आठै वडाभित्र रहेका पटक पटक स्वास्थ्य परीक्षण गरिने बताए ।
मधुमेह, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रा लगायत अन्य रोगपनि स्वास्थ्य परीक्षण भएको भण्डारीले जानकारी दिए। उनका अनुसार परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गर्नुका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिएको बताए ।
ज्येष्ठ नागरिक लगाइत लाई स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले घरमै गएर सेवा दिनुका साथै थप उपचार आवश्यक परेमा जिल्ला अस्पातलसँग समन्वय गरि उपचारको व्यवस्था गरिने बताए। उनले नीति तथा कार्यक्रममा नै यस सम्बन्धी व्यवस्था गरिएको जानकारी दिए।
उनले भने, ‘आवश्यक परेमा माथिल्लो तहको अस्पतालमा उपचारका लागि पनि समन्वय र सहजीकरण गर्छौं ।
औषधि उपचारको अभाव कसैलाई नहोस् भनेर यो अभियान सञ्चालन गरिएको सिमकोट गउँपालिका अध्यक्ष विजय भण्डारीले बताए। उनका अनुसार पालिका मातहतारहेको सबै वडा लाई स्तरवृद्धि गरिने बताए ।
कुनै पनि ा दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीको घर घरैमा उपचार सेवा शुरुआत गरिएको छ ।
स्वास्थ्य चौकीमा आई सेवा लिन नसक्ने ती नागरिकलाई घरैमा गएर स्वास्थ्य सेवा दिन यहाँका आठैवटा वडामा रहेका स्वाथ्य चौकीका स्वास्थयकर्मिले सुविधा दिएको ठेहे स्वाथ्य चौकी ठेहेको अहेव सविन भण्डारीले बताए ।
स्वास्थ्य संस्थामा आएर उपचार गर्न नसक्ने तथा अन्य कारणले स्वास्थ्य संस्थामा आउन नसकेका दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीलाई हामीले घरैमा स्वास्थ्य जाँचसहित औषधि वितरण गर्न थालेका छौँ, बिरामी र गर्भवतीले घरैमा स्वास्थ्य जाँचसहित औषधि पाउन थालेका छन् ।
पालिकाले दीर्घरोगी लगायत अन्य बिरामीका लागि घरैमा स्वास्थ्य सेवासहित औषधि वितरण गरेपछि स्थानीयवासी निकै खुशी भएको सिमकोट गाउँपालिकावाडनं २ निवासी सूर्यमणि बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ आफनो भाई गज बोहरा अचानक विरामी भएको वेलामा उपचार तथा औषधि किन्न र सुविधा सम्पन्न अस्तालमा लैजानको लागि समस्या थियो । अहिले स्थानीय तहले आफैँले किनेर घरैमा दिन थालेपछि उनीहरुलाई सहज भएको छ ।”
गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीलाई गाउँ गाउँमा खटाएर गाउँपालिकाले आफ्ना गाउँपालिकामा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाको अवस्था, बच्चाको अवस्था, स्वासप्रस्वास, मुटुको गतिलगायत अन्य स्वास्थ्यको अवस्था, शरीरको अवस्थालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस