सडक विस्तार गर्ने क्रममा ढुंगा खस्दा एक जनाको महिला घाइते

फिल्को मिसन

चैत्र ९,२०७९, बिहीबार
सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिकामा सडक विस्तार गर्ने क्रममा खसेको ढुँगाले लागेर एकजनाको महिला घाइते भएकी छन् ।
ताजाँकोट गाउँपालिका वडा नम्बर ४ को योजनाको सडक खन्ने क्रममा ताजाँकोट गाउँपालिका–४ की ४५ वर्षिय धनसरा ढकाल घाईते भएकी हुन् ।
अदानचुली पर्यटन मार्ग नामको सडक खन्ने क्रममा बाँदरले ढुंगा खसल्दा ढकाल घाइते भएको योजनाका अध्यक्ष प्रयोगलाल ढकालले बताए । घाईते लाई तत्काल नेपालगन्ज उपचारमा पठाएको अध्यक्ष ढकालले बताए ।
गाउँपालिकाको एम्बुलेन्सबाट घाइते धनसरा ढकाललाई बुधबार नेपालगन्ज लगिएको मदना स्वास्थ्यचौकी ईन्चार्ज रामलाल देवकोटाले बताए ।
धनसराको खुट्टा भाँच्चिएको र जोड्न समस्या भएपछि मदाना स्वास्थ्यचौैीबाट रिफर गरिएको स्वास्थ्य ईन्चार्ज देवकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस