महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेवा सहज बन्दै
चैत १०, २०७९
सिमकोट । हुम्लको खार्पुनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेपछि सहज बनाएको छ ।
गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताए। हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज भएको छ । खार्पुनाथ वास्थ्य शाखा प्रमुख शाहीका अनुसार महिला स्वास्थ्य स्वयंसेविका पाएको मोबाइलबाट ग्रामिण बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काम सहज भएको बताए ।
गाउँपालिकाले सबैवडाका ३६जना महिला स्वास्थ्य स्वयंसेविक र ६ स्वास्थ्य संस्था लाई सिमकार्डसहित उपलब्ध गराएको मोवाइल सेटले स्वास्थ्य परामर्श सेवा सहज बनाएको छ । स्वयंसेविकासँग मोबाइल भएपछि पालिका ५ वटै वडा बस्तीका सर्वसाधारण महिलाले फोन गरेर आफ्ना समस्या बुझाउने गरेका छन् । फोन गर्नेमा अधिकांश महिला रहेका र उनीहरुले धेरैजसो गर्भवती जाँच र साना नानीलाइ निमोनियाको समस्याबारे परामर्श लिएको स्वयंसेविकाको भनाइ छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको हो । ग्रामीण बस्तीका स्वास्थ्य सेवाबाट वञ्चित समुदायले स्वयंसेविकालाई अब घरबाटै आफ्ना समस्या भन्न र सुनाउन पाएका छन् । स्वयंसेविकाले पाएका मोबाइलले सेवाग्राहीलाई पनि परामर्श र अन्य सुविधा लिन सहज भएको छ ।
लामो समयदेखि आधारभूत तहमा स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएका स्वास्थ्य स्वयंसेविकालाई सूचना र सञ्चार प्रविधिमा पहुँच बढाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु शाहीले जानकारी दिनु दिए । प्रविधिको विकासको प्रतिफल अनुभूतिनै गर्न नसकेका स्वयंसेविकालाई सेवा विस्तार र सहज बनाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको बताए ।
खासगरी गर्भवतीको स्याहार, खानपिन र सुत्केरी गराउने कुरामा ठीक परामर्श दिने एवं स–सान नानीको स्याहारसम्भारबारे सचेतना वृद्धिमा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको बताए । खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई लक्ष्य गरी थप सेवा र सुविधा विस्तार गर्ने जनाएको छ ।
ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर पालिकाले उक्त काम गरेको अध्यक्ष कर्ण रावलले बताए । महिला स्वास्थ्य स्वयंसेविकाले गाउँपालिकाले मोबाल सेवा दिएकोले सहज भएको बताए।खार्पुनाथ गाउँपालिकाले स्वयंसेविकालाई उपलब्ध गराइएको मोबाइल सेटको विषयमा अन्य स्थानीय तहले पनि चासो दिएको छ ।