सर्केगाड गाउँपालिकाका कृषि फार्म र कृषि आधुनिकीकरण परियोजना संग सम्झौता

यम्बी थापा

चैत १२,२०७९
सर्केगाड । हुम्लाको स्याउ जोन भनेर चिनिने सर्केगाड गाउँपालिकामा निजि ४२ कृषि फार्मसङ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सम्झौता गरेको छ।
जसमध्ये १९ आधुनिक खोर सुधार र २३ ओटा उन्नत बोका खरिद कार्यक्रम रहेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम सर्केगाड गाउँपालिकाको गोठी , रोडिकोट र राहदेउ गरि ३ वाडहरुमा लागू हुँदै आएको छ। निजि फार्महरुसङ सम्झौता गर्नु अघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना टोलि, स्थानीय सरकार र कृषकहरु बिच त्रिपक्षिय छलफल कार्यक्रम भएको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अधिकृत बिष्णु बहादुर मग्राली अनुसार परियोजनाद्वारा ८५% र सम्बन्धित निजि फार्मबाट १५% लगानी रहने छ। उनले थपे स्वच्छ आधुनिक मसु पसल सहित गरि सर्केगाड गाउँपालिकामा ४७ लाख बराबरको लगानि हुने जनाए। सर्केगाड गाउँपालिका सधैं संघ–संस्था, दातृ निकायालाई स्वागत गर्छ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमबाट सर्केगाडबासीहरु प्रत्येक्ष लावान्धित हुने सर्केगाड पालिका अध्यक्ष ठान बहादुर रोकायले बताए । त्यसैगरी उपाध्यक्ष चन्द्रसिंह कार्की मुक्तिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साथीहरूले स्थानीय सरकारसंग समन्वय गरेकोमा खुशी व्यक्त गरे।
उक्त छलफल कार्यक्रममा छ्नोट भएका कृषकहरु निकै हर्सितका साथ सम्झौता गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस