मेल्छाम नजिकै खोलमा भेटियो एक वेवारिसे शव
चैत १३,२०७९
सिमकोट । हुम्लाको चंखेली गाउँपालिका–६मेल्छाम नजिकै खोला किनारमा सोमबार विहान एक वेवारीसे शव फेला परेको छ । मेल्छाम गाउँ नजिकैखोला किनारको एक व्याक्ति मृत अवस्थामा फेला परेका हुन ।
उनको हाल सम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । चंखेली गाउँपालिका ६ मेल्छाम स्थित देशीखोला र कर्णाली नदीको बिच दोभान विचा शव फेला परेका हो। आइतबार वडाननं ४का गाउँका स्थानीय हर्के कुलाल र सुरज बि.कले माछा मार्न गएको बेला नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए ।
वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर शाही, प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतका लास नदीबाट निकालेर छेउमा राखेको प्रहरी नायब उपरिक्षक भट्टराईले बताए।
वेवारीसे अवस्थामा फेला परेको मृतकको नाम थर भने खुल्न नसकेको र थप अनुसन्धानको कार्य भईरहेको प्रहरी नायब उपरिक्षक भट्टराईको भनाई छ।