देवीको पुजा गर्दै आज चैते दशैं पर्व मनाइँदै
चैत १५,२०७९
सिमकोट । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ । शक्तिस्वरूपा भगवतीको देवीको आराधना गरी विभिन्न शक्तिपिठमा मनाइँदै छ ।
चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् । वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको बताइन्छ । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।
चैतेदशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।
हाम्रो संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुको ठूलो महत्व हुन्छ । हाम्रा संस्कार र परम्पराहरुलाई यिनै चाड पर्वहरुले सुरक्षित राख्दछन् । त्यस्तैगरी चैते दशैं पनि एक विशेष नेपालीहरुको चार्ड हो पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ ।
चैत शुक्ल अष्टमिका दिन हुम्लाका नाम्खा बाहेक सिमकोट,खार्पुनाथ