एभरेस्टको हेलिकोप्टर चिप्लिएर दुर्घटना

फिल्को मिसन

चैत २६,२०७९,आइतबार
पोखरा । हेली एभरेस्टको हेलिकोप्टर धौलागिरि आधार शिविरमा ल्यान्ड गर्ने बेलामा चिप्लिएर दुर्घटना भएको छ ।
आइतबार बिहान ११ बजेर ३ मिनेटमा इटालियन आधार शिविरबाट ट्रेकिङका सामान लिएर हेली एभरेस्टको ९ एन ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि आधार शिविरतर्फ उडेको थियो ।
हेलिकोप्टर सम्पर्कविहीन भएपछि उद्धारका लागि एयर डायनेष्टीको हेलिकप्टर पठाइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार विमान पाइलट प्रिया अधिकारीले उडाएकी थिइन् ।
शनिबार नै पोखराबाट इटालियन आधार शिविरतर्फ उडेको थियो । आइतबार धौलागिरि आधार शिविरमा ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको गौतमले बताए ।
पाइलट अधिकारीलको दाहिने खुट्टामा सामान्य चोट लागेको उनले जानकारी दिए । पाइलट अधिकारीको उद्धार गरेर पोखरा हुँदै काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस