पर्यटकीय क्षेत्रको प्रचार गर्न ७७ जिल्लामा एक युवक पैदल यात्री

फिल्को मिसन

चैत २८, २०७९
सिमकोट । पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचार प्रसारका लागि एक युवक पैदल यात्र गरेका छन ।
कर्णाली र सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि एक युवकले ७७ जिल्लामा पैदल यात्रा गरेका छन ।
बाजुुरा जिल्लामा जन्मिएर हाल कैलाली गौरीगंगा नगरपालिका–४ का ३७ वर्षीय देवराज उपाध्यायले डडेल्धुराको सदरमुकाम बागबजार बाट ७७ जिल्लाको पैदल यात्रामा सुरु गरेका छन ।
हुम्लाको सदरमुुकाम सिमकोट आइपुगेका उपाध्यायले सुुदूरपश्चिम प्रदेश र साविक कर्णालीका जिल्लामा रहेका पर्यटकीय र धार्मिक स्थलको प्रचार प्रसारका लागि पैदल यात्रामा निस्केको बताए।
सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार हुन नसकेको र यस क्षेत्रको पर्यटकीय गन्तव्यहरूमा सरकारको ध्यान पुग्न नसकेको भन्दै उनले, सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको तस्विरहरू समेटेको ब्यानर सहित पैदलयात्रा सुरु गरेका हुन्।
सुुदूरपश्चिममा रहेका पर्यटकीय तथा धार्मिक स्थल गोदावरी, बढीमालिका, पादुुका, बैजनाथ, परशुधाम, अपि सैपाल, खप्तड र साविक कर्णालीमा रहेका हुम्लाको लिमी भ्याली,चंखेली, पञ्चमुखी, रलिङ, खार्पुनाथ, रारा, छायानाथ, त्रिपुरासुन्दरी, से फोक्सुन्डोलगायत पर्यटकीय स्थलको प्रचारका लागि यात्रा गर्दै आएका छन्।
अहिले सम्म आठ जिल्लामा पैदल भ्रमण गरिसकेका पनि बताए । उनी डडेलधुरा जिल्लाबाट चैत १ गते निस्किएका थिए भने त्यसयता बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरा र हुम्लामा पुगेका छन्। हुम्लाबाट मुुगुु जिल्लाका लागि उनी आइतबार त्यसतर्फ प्रस्तान गरेका छन ।
जिल्ला सदरमुुकाम पुुग्ने र पर्यटकीय स्थलबारे जिल्लाका प्रबुद्ध व्यक्तिहरूसँग जानकारी दिने र स्थानीय प्रशासनसँग आफू जिल्ला पुुगेको सिफारिस समेत लिने गरेको बताए ।
पैदलयात्राबाट ७७ ओटै जिल्ला घुमिसकेपछि काठमाडौंमा पर्यटन मन्त्रीलाई भेटी एक पटक कर्णाली र सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तब्यहरूको भ्रमण गर्नका लागि अनुरोध गर्ने उनले बताए। उनले पर्यटन मन्त्रीलाई सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको विकासका लागि पहल गरिदिन पनि मन्त्रीलाई अनुरोध गर्ने बताए।
उनले आफ्नो यात्रा १० महिनादेखि १ वर्षभित्र टुंग्याउने बताए। उपाध्यायले आफ्नो पैदलयात्राको पहिलो रुट डडेल्धुराबाट शुरु गरि सुदूरपश्चिमको कञ्चनपुरमा आफनो यात्राको समापन गर्ने योजना रहेको बताए।
पर्यटकीय र ऐतिहासिक धार्मिक स्थल भए पनि तिनको प्रचार प्रसार हुन नसक्दा त्यसको प्रवद्र्धन हुन नसके पछि आफु देशभर पैदल निस्किएको बताए।

 

प्रतिक्रिया दिनुहोस