कर्णाली नदिमा फेरीबाट सावरीसाधन तारिँदै

अर्जुन बोहरा

चैत ३०,२०७९
हुम्ला । बाजुरा जिल्लाको बुढीन्दा नगरपालिका र स्वामीकार्तिक गाउँपालिका बिचमा पर्ने कर्णाली नदिमा फेरीको सहयोगमा सवारी तथा ढुवानीका साधन तारिँदै आएका छन । कर्णाली करिडोरको सडक खुलेसँगै पक्की पुल नबनेपछि जोखिम पूर्ण सवारीसाधान ओर्सार्दै आएका छन ।
लामो समयदेखि कर्णाली करिडोर सडक खण्डको नदीमा जोड्ने पुल निर्माण हुन नसक्दा फेरीकै भरमा यातायातका साधन वारपार गरिँदै आएको यातायात व्यवसायीले बताएका छन ।
त्यसको ठाउँमा पुल बन्ने कहिले हो, थाहा छैन,’ स्थानीय नरेश शाहीले भने, ‘कर्णाली नदीको वारपार गर्ने पक्की पुल निर्माण गरेको भयो हामी लाई सहज हुन्थ्यो । त्यो पनि कहिले बन्ने हो, अझै पनि पत्तो छैन । बाजुरा,हुम्ला र मुगु जिल्लाका बासिन्दाले दुःख पाइरहेका छन ।’
फेरीबाट कालिकोट, बाजुरा, मुगु र हुम्ला जाने यात्रु तथा ढुवानी साधनलाई समस्या भएको छ । कर्णाली नदीमा यातायातका साधन बदल्नुपरेकाले ढुवानीमा चर्को भाडा तिर्नुपरिरहेको हुम्लाको सर्केगाढ गाउँपालिका–७का राजेन्द्र कार्किले बताए । कर्णालीमा हिउँदमा मात्रै फेरी सञ्चालन हुने गरेको छ । बाजुरा जिल्लाको कर्णाली वारी र पारी रहेको दुबै गाउँ विच सडक संजालमा जोड्नकाको लागि फेरी निर्माण गरि संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस