अर्जुन बोहरा

टावरको लागि झुन्ड्याइन्छ मोबाइल
बैशाख १,२०८०
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवडाीका स्थानीयले नेटवर्क आउने प्रतीक्षामा मोबाइललाई बार्दलीमा झुन्ड्याउन बाध्य छन् ।
सिमाना रहेका कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । बाजुर र हुम्लाको सिमान कवडी क्षेत्रमै मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।
सञ्चारको युगका रूपमा रहेको समयमा कवडीमा मोबाइललाई घरको बार्दलीमा झुण्ड्याएर राख्नुपर्ने बाध्यता छ । फोन आउँछ भनि मोबाइललाई घरमा झुन्ड्याएर राखिएको कवडीमा होटल संचालन गर्दे आउनु भएकी पन्चाकली रोकाया बताउनु हुन्छ ।
मोबाइललाई किन यसरी झुन्ड्याएर राख्नुभएको प्रश्नमा उहाँको जवाफ थियो– ‘के गर्नु सर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीं मात्र टावर आउँछ । आफन्त लाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौं ।’उनले धेरै वर्ष भइसक्यो यसरीा स्थानीयले सञ्चार सम्पर्क खेप्नुपरिरहेको बताईन ।
बढी मूल्यका मोबाइलले काम नगर्ने भएपछि साधरण कम मूल्यका मोबाइलहरुले फोन लाग्ने भएकोले,यसको प्रयोग हुँदै आएको बताए ।
बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएल कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ। हुम्ला,मुगु र बाजुराका कतियपय स्थानमा मोबाइल नेटवर्क प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्क राम्रोसँग चल्ने नगरेको नागरिकको गुनासो छ ।
लामो समयसम्म पनि नेटवर्कमा समस्या आउँदा पनि टेलिकमले सुनुवाइ नगर्दा आफूहरु जिल्ला प्रहरी कार्यलयमा सम्पर्कविहीन हुनुपरेको प्रहरी चौकी मैला कवाडीले गुनासो गरेका छ । बाजुरा, मुगु र हुम्लाका अधिकाँस गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ । अधिकाँस स्थानमा टावर नटिप्ने समस्या देखिएको छ ।
बाजुरापट्टिका स्थानीय र सुरक्षाकर्मीहरूले यो विधि अपानएकोे प्रहरी चौकी कुवाडीका प्रहरीहरूले बताए । प्रहरीले घरको ढोकामा मोबाइल झुण्ड्याएर सञ्चार सम्पर्क गर्नु परि रहेको जनाएको छ । कवाडी नदीको गहिरो खोचमा बस्ती र पहरी चौकी रहेको कारण सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।
टावर र अन्य पूर्वाधारमा कमसल उपकरण प्रयोग हुनु, बढ्दो उपभोक्ता संख्याअनुसार क्षमता वृद्धि नगरिनु, नेटवर्क प्रवाहमा रोकावट गर्ने खालको भूगोल र गुणस्तर कायम गराउन कडा कारबाही नहुँदा टेलिकमले सेवाप्रवाहमा ध्यान नलिएको दाबी छ । मर्मतसम्भार र स्तरोन्नति नहुँदा मोबाइलको गुणस्तरमा सुधार नभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस