‘रुने बनायौ’ म्युजिक भिडियो सार्वजनिक

अर्जुन बोहरा

बैशाख १०, २०८०
हुम्ला । ‘रुने बनायौ’ बोेलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
हुम्ला जिल्ला सिमकोट गाउँपालिका–१निवासी रत्न भण्डारी ( रबिन ) शब्द रचना रहेको रहेको छ ।सुरज पण्डितको स्वरमा रहेको गीत ‘रुने बनायौं’ सार्वजनिक गरिएको हो ।
शहर र गाउँका दृश्य लाई छायांकन गरिएको भिडियोको सुरज पण्डित, शब्द रचना भण्डारीको रहेको छ भने निर्देशकमा बिक्रम चौहानले निर्देशन गरेका छन । मोडलमा बिक्रम बुढाथोकी र खुसी थापा छन्। भण्डारीको शब्द रचना रहेको पहिलो म्युजिक भिडियो बनेको हो।
मोडलमा बिक्रम बुढाथोकी र खुसी थापाको अभिनय रहेका छन् । हरेक बाहानमा प्रेमका नाममा बिक्री हुने लक्षित गरि रचनाकार भण्डारीले प्रेमिलाको शब्दअनुसारको म्युजिक भिडियो बनेको छ।

यस म्युजिक भिडियोमा निर्देशक चौहाननले गीतको भावजस्तै निर्देशन र भिडियो तयार पारेका छन्। यस म्युजिक भिडियोमा सुरज पण्डितको छायांकन रहेको छ भने मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन रहेको छ।
म्युजिक भिडियोका शब्द रचनाकार भण्डारीले समाजमा युवा युवती पहिले प्रेममा फस्ने र पछि उजुरी गर्नसम्म पुुग्न थालेपछि त्यसैलाई बिषय बस्तु बनाएर म्युजिक भिडियो सार्वजनिक गरेको छ । भिडियो पहिले नै निर्माण गरिएको भएपनि शुक्रबार यसलाई औपचारिक रुपमा सार्वजनिक गरिएको हो। म्युजिक भिडियो पाँच मिनेटको छ।

प्रतिक्रिया दिनुहोस