ठेक्केदारको चरम लापरवाही, हुम्लाका आधादर्जन पुल अलपत्र
बैशाख२७,२०८०
सिमकोट । हुम्लाका अधिकाँस पुल ठेकेदारको लापरबाहीका कारण तोकिएको म्याद सकिएको वर्षौंसम्म निर्माण हुन सकेका छैनन्। निर्माण व्यवसायीले समयमा काम नगर्ने र कमिसनको खेलमा सम्बन्धित निकायले पटकपटक म्याद थपिदिने गर्दा दुई–अढाइ वर्षभित्र बनाइसक्ने गरी सम्झौता भएका पुलको काम ६ वर्षसम्म अलपत्र परेको हो।
हुम्लामा केही पुलको काम नै सुरु भएको छैन। सम्झौता गरेका निर्माण व्यवसायी भने सम्झौत गर्ने, पेश्की रकम लग्ने र पुलको काम अलपत्र छोड्ने गरेका छन। पुल नबन्दा आन्तरिक रुटमा संचालन हुने सवारी साधान,पशुचौपाय र मानिस लाई सास्ती बनाएको छ । २०७४ सालमा निर्माण सम्झौता भएका पुल अलपत्र परेका छन् ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चारवटा पक्की पुल निर्माणका सम्झौता गरेको छ वर्ष पुगेको छ । निर्माण कम्पनीका ठेकेदारको चरम लापारबाहीले चारवटा पक्की पुल अलपत्र परेका छन् । पाँच वर्ष बितिसक्दा पनि ठेकेदारको चरम लापरबाहीले हेप्का, तागु, सल्ली र याङगार खोलाको पुल अलपत्र छन् । यि स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै गाडी गुड्दै आएका छन् । पुल नबन्दा नाम्खा लगायत छिमेकी गाउँपालिका लगायतका गाउँका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।
ठेकेदारको चरम लापारबाहीले निर्माण सम्झौताको म्याद सकिदासम्म काम पुरा हुन नसकेको भन्दै स्थानीय चर्को विरोध गर्न थालेका छन् । निर्माणका लागि करोडौंको सम्झौता गरेपनि काम केही नभएको पाइन्छ । विभिन्न स्थानका चारवटा पुलका ठेकेदारले दुई वर्षमा काम सम्पन्न गर्ने गरी ७ देखि झण्डै १० करोड बढी सम्झौता गरेका छन् । ठेकेदारले बेला बेला म्याद थप गर्दै रकम भुक्तानी लिने गरेको भएपनि उनिहरुले पक्की पुल निर्माण कार्य अलपत्रल पार्दै आएका छन् ।
ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाई गर्दै आएका छन् । निर्माणका लागि सम्झौता गरेर ठेक्केदार जिल्ला नबेसर जिल्ला बाहिर बस्दै आउनुले काम समेत बाधा पुगेको हो ।
नाम्खा गाउँपालिका– १ मा पर्ने हेप्का खोलामा पक्की पुल रु १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको ६ वर्ष पुगेको छ । भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौंले पाएको थियो । यसका प्रोप्राइटर तेजबहादुर महत हुन् । ०७४ साउन ६ मा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्का खोला पुलका ठेकेदार महतले ६ वर्षसम्म पुल निर्माण नगरी अलपत्र बनाएका छन् ।
महतले नाम्खा– १ मा पर्ने ताग्रु खोला पुल निर्माणको रु ९ करोड ३५ लाखमा ठेक्का लिएका थिए । तर, महतले यो पुल पनि अलपत्र पारेका छन् । ताग्रु खोला पुलको कुनै पनि काम हुन सकिरहेको छैन् । उक्त क्षेत्रमा रहेको पुल काम नै नभएर अपलत्र पारिएको छ । दुईतिरको थोरै मात्र बिम राखेर छोडिएको छ ।
यस्तै नाम्खा गाउँपालिका–४ मा पर्ने सल्ली खोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले रु ९ करोड ३३ लाखमा लिएको थियो । उक्त कम्पनीका प्रोप्राइटर छिरिङउटुप लामाले पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण पूरा गरेका छैनन् ।
सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले रु चार करोड १६ लाखमा लिएको जिम्मा लिएको भएपनि पनि काम अधुरै रहेको छ । अकिल बुढा प्रोप्राइटर रहेको उक्त कम्पनीले ०७६ माघ १० मा ठेक्का सम्झौता गरेको थियो । तीन वर्ष बितिक्दा पनि ठेकेदार बुढाले काम नगरी अलपत्र पारेका छन् । बुढाले कोरोना जस्ता कारण देखाएर निर्माण कार्य अधुरो राख्दै आएको छ । बुढाले भन्नुभयो, आफुले सम्झौता गरेको वर्षदेखि कोरोना संक्रमण फैलिएदेखि निर्माण कार्यमा ढिला भएको पन्छिएका छन् । बुढाले निर्माण सामग्री सबै हिल्सामा ल्याएपनि त्यहाँबाट यता ल्याउन नसकेको बताउनुभयो ।
यस्तै नाम्खा गाउँपालिका – ६ लिमीमा पर्ने टाक्ची र लिङ खोलाको मोटरवेल पुल निर्माण जिम्मा अर्जुन महताराले रु एक करोड पैतीस लाखमा निर्माण जिम्मा लिएका थिए । महताराले पनि काम अधुरो बनाउँदै आएका छन् । हिमताप, बाटो अवरुद्ध लगायतका समस्या देखाएर काम ढिलाई गरेका छन् ।
https://youtu.be/pDCG28zcpMo
पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमकोट लगायतका समाग्री ल्याउन समस्या भएकाले निर्माण कार्यमा ढिलाई भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयका इन्जिनीयर निरजराज बंशीले बताउनुभयो । समयमा सकिाउन सकेनन भने जरिवाना लाग्ने भएको इन्जिीयर बंशीले बताउनुभयो । सबै पुल निर्माण कार्य यहि असारसम्म सकिसक्नु पर्ने गरी ठेकेदारहरुले म्याद थप थरेका छन् । ठेकेदारले लापारबाही नगरेको खण्डमा दुई महिना भित्र सबै ठाउँको पुल निर्माण सम्पन्न हुने देखिएको छ ।
हुुम्लाको सिमकोट ७को र नाम्खा गाउँपालिका १ हेप्काखोली जोड्ने हेप्काखोला माथि पक्की पुल त्यस्तै बेथितिको सिकार बनेको छ। स्थानीय जनता भने ठेकेदार र सडक आयोजनाको पटक पटक ठेक्का सम्झौताको मिलोपोतल पिल्सिएका छन्।
ठेकेदार कम्पनीले पेश्की फछ्र्यौटको बहानामा निर्माणमा ढलाई गरेको स्रोत बताउँछ। तोकेको समयमा काम सम्पन्न नसकेमा हिल्सा सडक आयोजना कार्यालय र त्यस पछि े विभागकै मिलोमोतमा पटक पटक म्याद थप्ने गरेका छन ।
प्रक्रिया अनुसार कार्यालय प्रमुखले सिफारिस गरेर फाइल विभागमा पठाउनु भन्दा ठेकेदारले आफैं फाइल बोकेर विभागामा म्याद थपाएर ल्याउने गरेको कर्मचारीहरु खुलासा गरेका छन ।
कमिसन र राजनीतिक पहुुँचका आधारमा ठेक्दारल पटकपटक म्याद थप्ने गरेको पाईको छ । हुम्लामा कतपय ठेक्का लगेको कम्पनीका मालिकले आफूअनुकूल काम नगर्ने कार्यालय प्रमुखलाईनै सरुवा गराउन चलखेल गर्ने गरेका छन ।
ठेक्का पाएपछि निर्माण व्यवसायीले तदारुकताका साथ काम गर्दैनन्। समयभित्र काम पूरा नगरे पनि सम्बन्धित निकायले दण्ड, सजाय नगर्ने र सजिलै म्याद थपिदिने गर्दा उनीहरुको मनपरी बढेको योजना कार्यालयका कर्मचारी नै बताउँछन्। ’ठेकेदारले चाहे जति म्याद थप्न पाएकै छन्, किन काम गर्नुप¥यो?’ एक कर्मचारीले बताए ।
अहिलेसम्म तोकेको समयमा काम पूरा नगर्ने कुनै पनि व्यवसायीलाई कार्वाहि गरेको देखिदैन । ठेक्कोलगेका ठेक्केदारले आफूले चाहे समय अनुकुलता म्याद थप्ने गरेका छन्।