सुरु गरयो जिल्ला प्रहरी हुम्लाले ‘सुरक्षित यात्रा अभियान’

अर्जुन बोहरा

बैशाख ३१,२०८०
सिमकोट। जिल्ला प्रहरी कार्यालय हुम्लाले “कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान” सुरु गरेको छ। ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सञ्चालन गरिने भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा संचालन गरिएको “सुरक्षित कर्णाली प्रदेश बिशेष अभियान“नागरिक सहजकर्ता प्रहरी परिचालन अवधारणालाई जिल्लाभरी प्रहरी इकाईहरुबाट शुरु गर्ने भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक भीमलाल भट्टराईले उक्त अभियान सातैवटा गाउँपालिकामा सञ्चालन गरिने बताए । हुम्लामा लागूऔषध दुव्र्यसन तथा ओसारपसार, हिंसा, सवारी दुर्घटना, ट्राफिक अस्तव्यस्तता, सामाजिक विकृति विसंगति लगायतका अपराधिक क्रियाकलाप नियन्त्रणमा समस्या रहेको हुँदा प्रहरीले ती सबै न्यूनीकरणका लागि विशेष अभियान नै चलाउन लागिएको बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाको आयोजनामा भएको अपौचारीक कार्याक्रम आइतबार जिल्ला प्रहरी प्रमुख भट्टराईले यस्तो प्रतिबद्धता जनाएका हुन् ।


जिल्लामा रहेका प्रत्येक युनिटको अवस्था दयनिय रहेकोले प्रहरी भवन निमार्णको कार्यमा तिव्रता दिन सम्बन्धित पक्षलाई आग्रह गर्न कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।
यसैगरी कार्यक्रममा बोल्दै जिल्ला न्याधिस हुम्लाका दिल प्रसाद सापकोटाले प्रहरीले गरेको राम्रो कामको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले“ेसुरक्षित यात्रा अभियान”को दिएको निर्देशन पालन गर्न आग्राह गर्नुभयो ।


कार्यक्रममा नेकपा एमाले हुम्लाका उपसभापति डबल रावतले सम्पूर्ण राजनीतिक दलहरुको तर्फबाट स्वागत गर्दे जिल्लामा भएको अभावका विषयमा जानकारी गराएका थिए ।साथै प्रहरी संगठनले शान्ति अमन चयनमा महत्वपूर्ण भूमिका खेल्दै बालविवाह, घरेलुहिंसा, मदिरा नियन्त्रण लगायतका नियन्त्रणका लागि प्रहरीले योगदान गरेको समेत बताए ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष राज बहादुर शाहीले जिल्लाको प्रहरी संगठनले गरेको कामप्रति खुलेर प्रशंसा गरे । मुस्कानसहितको सेवा प्रभावकारी भएकाले नागरिकका जनजिविकाका सवालहरुलाई सम्बोधन गर्न राज्यको उपस्थिति देखाउन आग्राह गरे ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलकाम् प्रतिनिधि जिल्लामा उपस्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार लगायतको सहभागीता भएका थिए ।

प्रतिक्रिया दिनुहोस