माछा मार्न गएका युवक कर्णाली नदीमा बेपत्ता
जेठ ४, २०८०
सिमकोट । माछा मार्न गएका एक युवक विहीबार विहान कर्णाली नदीमा खसेर बेपत्ता बनेका छन् । माछा मार्ने जाल खेल्न गएका अदानचुली २ का छक्क बुढा २ घण्टादेखि कर्णाली नदीमा बेपत्ता भएका छन् ।
बिहान गल्फागाड खोलाबाट शुरु गर्दै गएका बुढा हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा परेर बेपत्ता भएको बुढाको खोजी कार्यमा रहेका अदानचुली २ का राजबहादुर महताराले जानकारी दिए ।
‘जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लीएका बुढा दुई घण्टादेखि कता डुबे भन्ने पत्तो छैन्’ महताराल भने ‘उनि हराएदेखि तिब्र रुपमा खोजि कार्य भएपछि कतै पत्ता लागेको छैन् ।’
घटना सार्वजनिक हुने बित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले कर्णाली नदीको किनारमा खोजि गरिरहेको भएपनि अहिलेसम्म केहि नभेटिएको बताइएको छ ।
वेपत्ता बुढाको आफन्त र प्रहरीले खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाकारी गराएको छ ।
केहि दिन अघिदेखि भएको वर्षाका कारण कर्णाली नदिमा पानीको बहाब बढेका कारण पनि खोजि कार्यमा केहि समस्या थपिएको स्थानीयले जानकारी दिए । कर्णाली नदिमा बेपत्ता भएकाका बुढाको खोजि कार्यका तिव्रपारीको र उद्धार सामाग्री नभएका कारण थप समस्या भएको बताइएको छ ।