बास नेपालले भ्रष्टाचार विरुद्ध प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

फिल्को मिसन

जेठ ४,२०८०
हुम्ला । बास नेपाल हुम्ला शाँखाले भ्रष्टाचार विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ बास नेपाल हुम्ला शाँखाले बढदो भ्रष्टाचार, महगी, बेतिथी बढेको भन्दै ज्ञापनपत्र बुझएको छ ।
बास नेपालले भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध ज्ञापन पत्र बुझाउएको बास नेपाल जिल्ला शाँखा हुम्लाका अध्यक्ष तिर्थराज भण्डारीले जानकारी दिए ।बास नेपाल जिल्ला शाँखा हुम्लाका अध्यक्ष भण्डारीले नेतृत्वको टोलीले भने जिल्ला प्रशासन कार्यलय हुम्ला माफर्त प्रधानमन्त्री प्रचण्डलाई नै ज्ञापन पत्र बुझाएको बताए । बास नेपाल जिल्ला शाँखा हुम्लाका अध्यक्ष भण्डारीले नेतृत्वको टोलीले उक्त ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीेलाई प्रधानमन्त्री कार्यालयमा पठाउनका लागि बुझाएका छन ।
विज्ञप्तीमा भनिएको छ–‘नेपालीको विकासको मुख्य वाद्यक तत्व भ्रष्ट्रचार र भ्रष्टचारी हुन । सम्माननिय प्रधानमन्धत्री पुष्पकमल दाहल प्रचण्डको नेतृत्वमा गठन भएको वर्तमान सरकारले भ्रष्टचार र भ्रष्टचारीका विरुद्ध चालेको कदमले आगामी दिनमा भ्रष्टचार न्युनिकरण हुने बिश्वास आम नागरिकमा जागेको उल्लेख गरेको छ ।
बास नेपाल हुम्ला शाँखाले बढदो भ्रष्टाचार,महगी, बेतिथी बढेको भन्दै १०वुँदे समेटिएको बुंदामा ज्ञापनपत्र समेटिए छ ।

प्रतिक्रिया दिनुहोस