माटोको ढिस्कोले पुरिएर हुम्लामा एक जनाकोे मृत्यु

फिल्को मिसन

जेठ १२,२०८०
हुम्ला । घरको जग्गा खन्ने क्रममा माथि बाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका २ का ४६ बर्षीय बखिल बोहरा रहेको हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए ।
घरको जग खन्ने क्रममा घर माथिबाट आएको माटोको ढिस्कोले पुरिएर बोहराको मुत्य भएको मृत्यका भाई चक्र बोहराले जानकारी दिनु भयो ।
सिमकोट २ ठेहेका स्थानिय दानबहादुर बोहराको घर निर्माणको जिम्मा लिएका बखिल बोहरा सहित अन्य दुई जना गरि तिन जानले घरको जग खन्ने जिम्मा लगेका थिए । अन्य गोर सिंह बोहरा र चक्र बोहरा बाँच्न सफल भए । मृतकको शव पोष्टमार्टमका लागि ठेहे स्वाथ्य चौकीमा राखिएको छ भने पोष्टमार्टम पछि भोलि खार्पुनाथ दोभामा दाहसंस्कार गरिने पारिबारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस