अलविदा श्रद्धेय कामरेड अकविर खड्का !
जेठ १६,२०ं८०
सुर्खेत । नेकपा माओवादी केन्द्र हुम्ला कर्णाली प्रदेश कमिटी सदस्य एवम् ताँजकोट गाउँपालिका पार्टीका अध्यक्ष अकविर खड्का जेठ १३ जेठमा निधन भएको थियो ।
शनिबार साँझ सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको बुलबुले गेट नजिकै खड्का सवार मोटरसाईकल जीपमा ठोक्कीएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
माओवादी नेता खड्का गएको शनिबारमा सवार कर्णाली प्रदेश ०२००१ प ७८७४ र सोही दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२००१ ज ०५७३ नम्बरको जीपमा ठोक्किएपछि उनको घटनास्थलमै ज्यान गएको थियो ।
हुम्लाको दक्षिण क्षेत्र ताँजकोट गाउँपालिकामा राजनीतिमा स्थापित खड्काको विद्यालयमा अध्ययनमा हुँदा एमाले पार्टीका अखिलका आवद्ध भएका थिए ।
नेपालमा माओवादीले संचालन गरेको जनयुद्धमा २०५८साल देखि अखिल (क्रान्तिकारी) विद्यार्थी नेता हुँदै २०६० सालतिर माओवादी पार्टीका पूर्णकालि सदस्य बन्नु भयो ।
स्वर्गिय खड्काले नेपाल कम्प्युष्टि पार्टी माओवादीको राजनीतिमा सक्रिय रहेका थिए । भूमिगत कालमा लालकेश जैशी लगायतका नेताहरुको नियमित सम्पर्कमा रहेका उनलाई २०६१ सालमा नेकपा माओवादीको एरिया सचिव प्रदान गरिएको उनका समकक्षी जैशी बताउँछन् । त्यसै गरि २०६४मा मैला गाउँ समितिका अध्यक्ष,२०६८ सालमा एरिया सेक्रेटरी,२०७०सालमा पार्टीका जिल्ला सचिवलय सदस्य र २०७७ सालमा ताँजकोट गाउँपालिका अध्यक्ष लगायत थुप्रै सामाजिक पदहरुमा भूमिका निर्वाह गरेका समेत रहेका थिए ।
लामो समयको जहानिय एकतन्त्री शासन व्यवस्थासहितको राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्री गणतन्त्रको स्थापना गर्ने लक्ष्यसहित तत्कालिन माओवादीले सञ्चारलन गरेको शसस्त्र बिद्रोहमा हुमिएका ताँजकोट गाउँपालिका १ का अकविर खड्काको जनप्रतिनिधि बन्ने सपना अधुरै रहेको छ ।
ताँजकोट–१भैसाबाज निवासी स्वर्गीय वुवा रंगमान खड्का र आमा नौरता खड्काका जेठा सन्तानका रुपमा रहेका अकविर खड्का लाई घरको मात्र होइने गाउँकै नेतृत्व गर्ने आशा लाई निराश बनाए ।
दुई भाइ एक बहिनी,आमा,श्रीमती, एक छोरी एक छोरी भाइबुहारी लगायतको पारिवारिक रहेका छन ।
अधिकांश गाउँ र समाजका बारेमा लागि पर्ने खड्काको वैवाहिक जीवनक हिसाबले हेर्ने हो भने अँझ कष्टकर देखिन्छ । विद्यालयको अध्ययन सकाए लगत्तै बाजुरा जिल्लाको रुगिनबाट वैवाहिक जीवन बाँधिएको थियो ।
यसैबीच नेकपा माओवादी केन्द्र हुम्लाका जिल्ला समन्वय समितिका संयोजक डा. दीपेन्द्र रोकायले एक विज्ञप्ती जारी गरी उनको निधनले सिङ्गो नेकपा माओवादी केन्द्र जिल्ला पार्टी स्तव्ध भएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समितिकोे तर्फबाट जारी शोक विज्ञप्तीमा एक असल र कुशल नेता,इमानदार राजनीतिक व्यक्तित्व, निष्ठावान र जुझारु नेता गुमाउँदाको क्षण कहिल्यै बिर्सन नसकिने उल्लेख गरेका छन । खड्काको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै विज्ञप्तीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मृत्यक नेता खड्काले अगुवा, कुशल संगठक, जनताका प्रिय जननेताभएकोे उल्लेख गरेको छ ।