हुम्लामा विद्युतको सब–स्टेसन निर्माणको लागि प्रक्रिया सुरु

फिल्को मिसन

असार ४,२०८०
सिमकोट । हुम्लामा विद्युत खपतको मागलाई पूरा गर्न प्राधिकरणले ३३ केभीको सब–स्टेसन निर्माणको प्रक्रियाको लागि स्थलगत अनुगमन गरेको छ।
नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रबाट हुम्लाको लागि ३३ केभीको सब–स्टेसन निर्माणका लागि अध्ययन सुरु गरिएको हो।
जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूको टोलीले हुम्लाको अदनचुली गाउँपालिका–१को राक्से काँधमा सब स्टेसन निर्माणलाई गति दिन भएका छन ।
अदनचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) लगायतको टिम र नेपाल विद्युत् प्राधिकरण नेतृत्व ईन्इिजिरीङ्ग पशुपति ढुङ्गेल सहितको टोलीले अदनचुली गाउँपालिका –१ को राक्शे काँधमा निर्माणाधीन हुने जग्गाको लागि अनुगमन गरेका वडा नं ४ का वडा अध्यक्ष मनऋषि पाण्डे बताए ।
प्राविधिक अध्ययनको काम पूरा भएको नेपाल विद्युत प्राधिकरण, ईन्इिजिरीङ्ग पशुपति ढुङ्गेले बताए। सव–स्टेशनको लागि पहिलाको जग्गा उपयुक्त नभएको भन्दै अर्को राक्से काँधमा जग्गा छनोवट पक्का भएको बताए । प्राधिकरणको स्वामित्वमा रहेको डेढ विघा जग्गामा नयाँ सब–स्टेसन निर्माण गर्न प्राविधिक अध्ययन थालिएको छ।
अनुगमनपछि नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयमा लैजाने उक्त सव–स्टेशन निमार्णको लागि अघि बढाउनको लागि शुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस